ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि फेरि चल्दै, ११ वटा बस थपियो


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   ८ : १७   बजे

काठमाडौं, १० मंसिर । काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो ।यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ ।

अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका छ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड राखिएका छन् । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि द्रुत बस सेवाको शुरुवात गरिएको थियो ।

तर यो सेवा दशैँलगत्तै स्थगित भएको थियो ।बस सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको गुनासो थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको र यसमा यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, बस सेवा सञ्चालक र सेवाग्राहीसहित विभिन्न निकायको समन्वय आवश्यक रहेको बताए । यातायात व्यवस्था विभागले द्रुत बस सेवा सञ्चालनमा आफूहरुको भूमिका समन्वयात्मक मात्रै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu