ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दुरीमा रहेका’ प्रचण्ड र बाबुराम एउटै पार्टीमा उभिने तयारी


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   १ : २५   बजे

काठमाडौं, १० मंसिर । करिब एक वर्षपछि फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपा बीच पार्टी एकताको बहस गर्माएको छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको छ ।

मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता अरु पार्टीसँग ध्रुवीकरणका लागि डा। भट्टराईको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

संयोजन समितिले पार्टीको नाम, चिह्न, विचार लगायतका विषयमा निर्णय गर्ने नेताहरु बताउँछन् । माओवादी र नेसपाको वार्ता समितिको सुझाव अनुसार संयोजन समिति बनाउन उनीहरु जुटेका हुन् ।

पहिले पनि यी दुई दलबीच एकताको बहस चल्दै सेलाउँदै आएको छ । यो पटक भने एकता हुने सम्भावना प्रवल रहेको बुझाइ नेताहरुको छ ।

चुनावअघि नै भएको थियो एकताको तयारी।

०७९ मंसिर ४ को संघीय निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाका दोस्रो तहका नेता एकताका पक्षमा थिए । जसमा माओवादीका उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत र उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाबाट सह– अध्यक्ष गंगानाराणय श्रेष्ठ लगायत सक्रिय भएका थिए ।

उनीहरुले प्रचण्ड–बाबुराम एकताबद्ध हुँदा संघ र प्रदेशमा ३–५ सिट बढी जित्न सकिने निष्कर्षसहितको दबाब बढाएका थिए । चुनावअघि अन्तिम बैठक हात्तिवनस्थित प्रचण्डको आफन्तको घरमा बस्यो । बैठकमा नेसपाका सह– अध्यक्ष गंगानारायण श्रेष्ठले पार्टी एकताको प्रस्ताव राखे । प्रचण्ड र बाबुराम पनि त्यसमा सहमति जनाउँदै एकता संयोजन समिति बनाएर जानुपर्नेमा सहमत देखिए ।

तर, पार्टी एकताका सन्दर्भमा नेसपामा मत बाझियो । नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवले तत्काल एकता नगर्ने र चुनावी तालमेल गरेर जानुपर्ने मत राखे ।

त्यहीअनुरुप पार्टी एकता गर्ने उद्देश्यसहित नेसपा माओवादीको चुनाव चिह्नमा नै चुनाव लड्न तयार भयो । नेसपाले चार उमेदवार पाउँदा डा। भट्टराईकी पुत्री मानुषी यमीले काठमाडौं– ७ बाट टिकट पाइन् ।

डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा– २ प्रचण्डलाई छाडिदिए । नेसपा सह–अध्यक्ष श्रेष्ठका अनुसार, प्रचण्डलाई उक्त निर्वाचन क्षेत्रमा लैजाने प्रस्ताव भट्टराईको थियो । “डा।बाबुराम भट्टराई आफँले प्रस्ताव गरेर प्रचण्डलाई लैजानुभएको हो । विना शर्त उहाँलाई निर्वाचन क्षेत्रमा लगेर निर्वाचित गराउन लाग्नुभयो,” उनी सम्झिन्छन् ।

नेसपाबाट प्रदेशमा गंगानारायण र संघमा अध्यक्ष यादव निर्वाचित भए । बाबुराम पुत्री पराजित भइन् । छोरीका लागि आफ्नो निर्वाचन क्षेत्र छाडेको आरोप भट्टराईलाई लाग्यो । पुत्री पराजित भएपछि भट्टराई असन्तुष्ट देखिएका थिए ।

पार्टीका अर्का अध्यक्ष र सह–अध्यक्ष माओवादीको सांसदको कानुनी मान्यता रह्यो । त्यसकारण पनि पार्टी एकता छिटो गर्नुपर्ने दबाब बढिरहेको थियो ।

पार्टी एकताका लागि माओवादीका तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति बन्यो । नेसपाले एकताका लागि २०७९ चैत ३ गते ९ बुँदे प्रस्ताव पठाएको थियो । तर, त्यो प्रस्ताव अल्झियो ।

अनि दुरी बढ्यो।

आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेका डा। भट्टराईले राष्ट्रपति बन्ने चाहना पनि राखेका थिए । प्रचण्ड ०७९ पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि डा। भट्टराईलाई राष्ट्रपतिको सम्भावना पनि दर्शाएको एक नेता बताउँछन् । भट्टराईले त्यसमा आफू पछि हट्दिन भन्ने जवाफ दिएका थिए ।

“तपाईं राष्ट्रपति बन्ने सम्भावना बढेको छ । तपाईं सोच्नुस् भन्ने सन्देश प्रचण्डले बाबुरामलाई दिनुभएको थियो,” ती नेता भन्छन्, “गठबन्धन भत्किएपछि राष्ट्रपतिको सम्भावना अन्त्य भयो । प्रचण्डले नै सम्भावना अन्त्य भयो भन्ने जानकारी गराउनुभएको थियो ।”

राष्ट्रपतिले पनि उनीहरुबीच तिक्तताको विषय बनेको चर्चा राजनीतिक वृत्तमा चलेको थियो ।

त्यसो त, लामो समयदेखि समाजवादी मोर्चा बनाउने बहस चलिरहेको थियो । असार १ गते प्रचण्ड–बाबुरामबीचको भेटवार्तामा केही महिनाभित्रै मोर्चा घोषणा गर्ने सहमति भयो । डा। भट्टराईले मोर्चा घोषणाको तयारीमा रहेको जानकारी ट्वीटमार्फत गराएका थिए ।

तर, त्यसको तीन दिनपछि अर्थात् असार ४ गते समाजवादी मोर्चा, नेपाल घोषणा भयो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गरी ४ दल सम्मिलित मोर्चा घोषणा भयो ।

समाजवादी मोर्चाका सूत्रधार डा। भट्टराई अटाएनन् । आफू रहितको मोर्चा घोषणा भएपछि भट्टराई सन्तुष्ट रहेनन् । उनले ट्वीटमार्फत प्रधानमन्त्रीलक्षित असन्तुष्टि ट्वीटमार्फत नै सार्वजनिक गरे । त्यसले पार्टी एकताको विषयमा ब्रेक लाग्यो ।

प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवको दबाबमा आफूले नेसपाबाहेकको मोर्चा घोषणा गर्नुपर्नेको प्रष्टीकरण दिएका थिए । “बाबुरामरहितको मोर्चा छिट्टै घोषणा गर्न मलाई उपेन्द्रजीको दबाब थियो,” प्रचण्डले नेसपका नेताहरुसँगको भेटमा सुनाएका थिए ।

मोर्चामा नअटाएपछि बाबुराम माओवादीसँग एकता गर्नै नहुने अडानमा पुगे । आफूलक्षित बाबुरामका ट्वीटले प्रधानमन्त्री प्रचण्ड चिढिएको नेताहरु बताउँछन् । माओवादीले एकताका लागि पठाएको ९ बुँुदे प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने जवाफ दिएको थियो ।

तर, साउन १७ गतेबाट बसेको माओवादीको केन्द्रीय समिति बैठकमा उक्त प्रस्तावले प्रवेश नै पाएन् । बरु, माओवादीको पदाधिकारी बैठकले नेसपाका अध्यक्ष महेन्द्रलाई मात्रै असोज ३ गते एकतासम्बन्धी पत्र पठायो ।

भट्टराईलाई बेवास्ता गर्र्दै दोस्रो तहका अध्यक्षलाई पत्र पठाएपछि नेसपामा तरंग पैदा गर्यो । पार्टी विभाजन गर्न माओवादीले खेलेको निष्कर्षमा बाबुराम पक्ष पुगेको थियो ।

त्यतिबेला डा। भट्टराई पार्टीको कार्यक्रमका लागि भारत पुगेका थिए । उनी देशबाहिर भएकाले पत्र नपठाएको जवाफ माओवादी नेताहरुको थियो । एकपक्षीय पत्र प्रकरणले प्रचण्ड र बाबुुरामबीच संवादहीनता बढ्यो । अर्का अध्यक्ष यादव र सह–अध्यक्ष श्रेष्ठसहितका नेता माओवादीमा जाने चर्चा पनि सँगै चुलिएको थियो ।

दुई नेताबीच संवादहीनता अन्त्यको सेतूको भूमिका नेसपा सहअध्यक्ष तथा वार्ता समितिका संयोजक श्रेष्ठले खेले । उनले दुई नेताहरुलाई एक अर्कासँग संवाद गर्न दबाब दिए ।

“ठूला नेताहरुमा संवादहीनताले पनि आशंका झाँगिदै जाँदो रहेछ । दुई नेताबीचको अविश्वासको अन्त्य भएको छ । अब छिट्टै एकता हुन्छ भन्ने विश्वास छ,” श्रेष्ठ सुनाउँछन् ।

जाजरकोट भूकम्पका पीडितलाई दश लाख दिने पार्टीको निर्णयपछि चेक बोकेर डा। भट्टराई बालुवाटार पुगेका थिए । त्यहीबेला दुई नेताबीचको संवादहीनता तोडिएको थियो । औपचारिक कार्यक्रमपछि दुई नेताबीच पार्टी एकताबारे ‘वान टु वान’ वार्ता भएको थियो ।

त्यसपछि पार्टी एकताका विषयमा प्रचण्डले महेन्द्र यादव, गंगानारायण श्रेष्ठसँग थप छलफल गरे । प्रचण्डले माओवादीबाट आफू र नेसपाबाट संयोजक भट्टराई रहने गरी वार्ता संयोजन समिति बनाएर अघि बढ्ने बताए ।

उनले उक्त प्रस्ताव भट्राईसँग राखे । भट्टराई सहमत भएपछि मंसिर ३ गते पेरिसडाँडामा बसेको वार्ता समितिको बैठकले एकता संयोजन समिति बनाउन सुझाव दिने गरी नेताहरुको सहमतिलाई औपचारिकता दिएको थियो ।

साँच्चै एक होलान् त प्रचण्ड–बाबुराम ?

लामो सहकार्य अन्त्य गर्दै २०७२ असोज ९ मा पत्रकार सम्मेलन गरी बाबुरामले माओवादी परित्याग गरेका थिए । ८ वर्षपछि उनीहरु पुनः एक हुने छलफलमा छन् । अलग–अलग भएर बसे दुवै सकिने परिस्थिति बनेकाले पनि नेताहरु एकताका लागि सहमत भएको एक पदाधिकारी बताउँछन् ।

“अलग–अलग बसे उहाँहरु दुवै सकिने परिस्थिति बनेको छ । उहाँहरुको व्यक्तिगत अहंले झनै क्षति गर्छ । त्यसैले दुई नेताले दाउपेचका रुपमा लिनुहुन्न भन्ने लाग्छ,” ती नेता सुनाउँछन् ।

उनी बाबुराम कम्युनिस्टबाट छलाङ मारी समाजवादमा जानुपर्ने पक्षमा रहेको र प्रचण्ड कम्युनिस्ट छाडिहाल्नुहुन्न भन्ने पक्षमा रहेकाले एकतामा ढिलाई भएको सुनाउँछन् । दुवै नेता भएका समृद्ध गरेर जानेमा सहमत भएकाले एकता हुने विश्वास रहेको बताउँछन् ।

“बाबुराम भट्टराई कम्युनिस्ट पार्टीबाट अब हुँदैन् । भत्काउन त कम्युनिस्ट पार्टी ठीक हो । बनाउन माथि उठ्नुपर्छ भन्ने उहाँको हुनुभयो,” ती नेता भन्छन्, “तत्कालै कम्युनिस्ट केही होइन् भन्नेमा जाने बेला भएको छैन भन्ने पक्षमा प्रचण्ड छन् । तर, भएकालाई कुरालाई समृद्ध गर्नुपर्छ भन्नेमा दुवै नेता सहमत हुनुभएको छ ।”

भट्टराई पार्टीको नाम कम्युनिस्ट राख्नै नहुने अडानमा थिए । तर, पार्टीको नामको अघि नेकपा राख्न सहमत रहेको उनी निकट नेताहरु बताउँछन् । माओवादी पनि पार्टीको नाम परिवर्तन गर्न सहमत देखिएको छ ।

पार्टीको नाम नेकपा ९समाजवादी ० वा नेकपा ९समाजवादी केन्द्र० बनाउनेमा एक वर्षअघि नै नेताहरु सहमत भएका थिए । नेतृत्वको विषयमा भने टुंगिसकेको छैन । नेसपाका सह– अध्यक्ष गंगानारायण श्रेष्ठ अरु पार्टीहरुसँग पनि ध्रुवीकरण गर्दै अघि बढ्ने बताउँछन् ।

“माओवादीसँग एकता र अरु पार्टीसँग ध्रुवीकरण गर्र्दै जानेगरी एकता संयोजन समिति बनेको छ,” उनी भन्छन्, “हामी बिलिन हुन खोजेको होइन् । रुपान्तरणसहितको एकता छिट्टै हुन्छ भन्ने विश्वास छ ।”

नेसपा एकताका लागि तयार हुँदा अब माओवादीले के गर्ला भन्ने चासो बढेको छ । माओवादीले नचाहे एकता हुने देखिँदैन । प्रचण्ड आफैँ संयोजन समिति बनाउन तत्पर भएकाले एकता हुने नेताहरु बताउँछन् ।

माओवादीका महासचिव देव गुरुङ नेसपाले संयोजन समिति बनाउनु सकारात्मक भएको बताउँछन् ।

“चुनावअघि नै संयोजन समिति बनाएर जाने कुरा भएको थियो । तर, हामी एउटै चुनाव चिह्नबाट चुनावमा गयौं । बीचमा कुरा रोकियो,” उनी भन्छन्, “वार्ता समितिको सुझाव अनुसार नेसपाले संयोजन समिति बनाउनु सकारात्मक हो । हामी पनि यसबारे छलफल गर्छौं ।”

तयार हुने कम्युनिस्ट घटकसँग एकता गर्दै अघि बढिने उनको भनाइ छ । “कम्युनिस्ट पार्टीको एकता आवश्यकता हो । नेपाल कम्युनिस्ट पार्टी बनाउने पर्ने, पुनर्गठन गर्नुपर्ने, सबैको बीचमा एकताबद्ध गर्र्र्दै लैजानुपर्ने आवक्यकता हो,” उनले बाह्रखरीसँग भने, “जुन–जुन घटक तयार हुन्छन् । तयार हुनेहरुबीच एकता प्रकिया अघि बढाउनुपर्छ भन्ने हो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu