ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर भियना प्रस्थान, निमित्तको जिम्मा एआईजी राईलाई


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   १ : ३२   बजे

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवर इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इन्टरपोलको कार्यालक्रमा भाग लिन आईजीपी कुँवर अष्ट्रिया गएका हुन् ।

१२ मंसिरदेखि १५ सम्म इन्टरपोलको महासचिवालयको आयोजनामा ९१औँ महासभामा अष्ट्रियाको भियनामा हुनेछ ।

कार्यक्रममा भाग लिन एनसीबी काठमाडौंका प्रमुख समेत रहेका आईजीपी कुँवरसहित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर राणा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीसमेत अष्ट्रिया प्रस्थान गरेका छन् ।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेका हुन् ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू महासभामा सहभागी हुनेछन् ।

आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group