जाजरकोट , २९ माघ । अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका ८ स्थित पंञ्च भयार माविमा पढाई वन्द भएको छ । छात्राहरु एकाएक विरामी हुँने क्रम नरोकिएपछि तीन हप्ता देखि पढाई वन्द भएको हो ।
पढाउँदै गर्दा एकाएक हात काप्ने, कराउने समस्यले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाई सञ्चालन गर्न समस्य भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले वताउनुभयो । दैनिक ६ देखि ११ जना सम्म छात्राहरु विरामी भएपछि पढाई सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । कक्षा ५ देखि माथि १० कक्षा सम्मका छात्राहरुमा यो समस्य देखिएको हो । विद्यालयमा विहान केही नहुँने , जव दिउँसोको १ वज्न सुरु हुन्छ त्यो समय देखि कराउदै विरामी हुँने गरेको सिंहको भनाई छ । विद्यालयमा तीन हप्ता देखि यस्तो समस्य आउँदा धामी ल्याएर विद्यालयमा पुजा देखि डाक्टर ल्याएर उपचार गर्दा सम्म समस्य हल नभएपछि गाउँलेहरु नै तनावमा भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणवहादुर खत्रीले जानकारी दिनुभयो ।
छात्राहरु भकाभक विरामी भएर ढल्न थालेपछि शिक्षिका समेत विरामी भएर ढल्न सुरु हुँने गरेको छ । विद्यालयमा भुत पसेको भन्दै अहिले विद्यालय नजिक समेत जाँन डराउने अवस्था आएको छ । विरामी छात्राहरुलाई विद्यालयमा नआउँन सल्लाह दिएपनि जवरजस्ती विद्यालयमा आउँने गरेको समेत शिक्षकले वताएका छन् ।
विद्यालयमा नआएमा छात्राहरु विरामी नहुँने समेत उहाँको भनाई छ । डाक्टर देखि धामी सम्मको सरणमा परेपनि छात्राहरु सन्चो नभएपछि विद्यालयमा तनाव सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्