ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडितको गुनासो – प्रशासनले अदालतको फैसला अटेर गर्‍यो, नागरिकता दिन चाहेन


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   १ : ४४   बजे

काठमाडौं, २७ मंसिर । नागरिकता ऐन जारी भएको अवस्था र सर्वोच्च अदालतले फैसला गरेर नागरिकता दिन भने पनि जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता दिन नचाहेको गुनासो बढेको छ ।

प्रशासनले सर्वोच्चको फैसला अटेर गरेर नागरिकता पाउने अधिकारबाट आफूहरूलाई वञ्चित गरेको पीडितहरूले आरोप लगाएका छन् । राजधानी काठमाडौंमा बुधबार महिला कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सर्वोच्चको फैसलाको कार्यान्वनयमा जिल्ला प्रशासन अटेर गरेको गुनासो पीडितहरूले गरेका छन् ।

भक्तपुर बस्दै आएकी २४ वर्षीय नेहा थापाले नागरिकता नहुँदा आफू उच्च शिक्षाबाट वञ्चित हुने अवस्था आएको दुखेसो पोखिन् । “मेरो बुबा म चार वर्ष हुँदा छोडेर हिँडेको रे । अहिलेसम्म केही थाहा छैन उहाँको बारे । राजेन्द्र थापा हो रे उहाँको नाम,” उनको दुखेसो थियो, “विद्यालय तहमा अभिभावकको नाम लेख्ने ठाउँमा बुबाको नाम लेख्न लगाइयो । जन्मदर्ता बन्यो पनि । तर, अहिले नागरिकता बनाउने बेला जन्मदर्तामा बाबुको नाम रहेछ भनेर आमाको नाममा नागरिकता बनाउन दिएका छैनन् । म सिभिल इन्जिनियरिङ पढ्दैछु । नागरिकता नहुँदा मेरो अध्ययनमा समस्या भएको कस्ले बुझिदिने ।”

उनले यो विषयमा अदालतमा मुद्दा लडेको र फैसला पनि आफ्नो पक्षमा आएको बताइन् । तर, सीडीओ कार्यालयले नागरिकता दिनै नचाहेको गुनासो उनको छ ।

“निरन्तर सीडीओ कार्यालय नआउनु भन्नुहुन्छ उहाँहरू । बुवाको डकुमेन्ट म कहाँबाट ल्याउँ रु” उनले थप पीडा सुनाइन् ।

काठमाडौं बस्ने ३१ वर्षीय अविनाश थापाको पनि गुनासो उस्तै छ । उनले आफ्नो बाबुआमा कोही नभएको बताए । आफू आमाको पेटमा हुँदा बुवा बेपत्ता भएको र आमा पनि आफू जन्मिएको ४, ५ महिनामा छाडेर हिँडेको उनले बताए ।

“म मावलीमा हुर्किए । बुवाको नाम अर्जुन थापा हो भन्छन् । म अहिले ३१ वर्षको भए मैले नागरिकता पाउन २४ वर्षदेखि संघर्ष गरिरहेको छु,” उनले भने ।

आफूले नागरिकता पाउने आधारसहित अदालतमा मुद्दा लडेको र त्यो मुद्दा जितेपनि जिल्ला प्रशासन कार्यालयले आफूलाई नागरिकता नदिएको गुनासो अविनाशको छ ।

“अदातलको पूर्ण पाठ लिएर गए । मैले मुद्दा जितेको छु । सीडीओ कार्यालयले बुवा आमा लिएर आउन भन्छ । म कहाँ जाने खोज्न रु,” अविनाश थप गुनासो गर्छन्, “गृहले मन्त्रालयले फैसला कार्यान्वयन गर्नुभनेर जिल्ला प्रशासनलाई चिठ्ठी पठायो । त्यो सम्झाउँदा काठमाडौं जिल्ला अदालतले जसले फैसला गरेको उसैसँग गएर नागरिकता माग भन्छ । हामी कहाँ जाने ? अविनाश थप्छन्, “मेरो कक्षा १ मा पढ्ने छोरा छ । उसको जन्मदर्ता गर्न पाएको छैन । म कसरी उसको अधिकार स्थापित गरिदिउँ रु”

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मी अदालतको फैसला कार्यान्वयनको जिम्मेवारी जिल्ला तह भएको बताउँछन् । साधारणतया अदालतको फैसला कार्यान्वनय हुँदैन भन्ने कानुनी मान्यता नभएको भन्दै उनी फैसलासँगै कार्यान्वयन गर्ने जिम्मेवारी तोकिने बताउँछन् ।

“फैसला कार्यान्वयन नभए मुद्दामाथि मुद्दा गर्ने भन्ने हुँदैन । तर, हामी विभागमा छौँ कार्यान्वयन विभागले हेर्छ । यसरी आएको गुनासो र उजुरी लिन्छौँ र प्रक्रिया अघि बढाउँछौँ,” उनले भने, “कार्यान्वयन तहमा हिचकिचावट भए हामी समन्वय गर्छौं । विभागीय मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउँछौँ । कार्यान्वनय गर्न निर्देशन दिन्छौँ । त्यसमा पनि अटेर भए सम्बन्धित निकायबाट कारबाही प्रक्रियामा जान्छौँ । हामी आफैले कारबाही गर्ने होइन ।”

उनले पटक पटक कार्यान्वयनका लागि निर्देशनालयले पत्र पठाउँदा सम्बन्धित निकायले कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu