ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन


एबीसी न्यूज
२८ मंसिर २०८०, बिहिबार   २ : ३२   बजे

काठमाडौं, २८ मंसिर । भूकम्प प्रभावित रुकुम पश्चिममा अस्थायी आवस निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मंसिर २४ गतेदेखि प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

पहिलो चरणमा आठबीसकोट नगरपालिकाको विभिन्न प्रभावित ठाउँमा ४० जना र सानीभेरी गाउँपालिकाको प्रभावित विभिन्न ठाउँमा ३५ जना गरेर जम्मा ७५ जना नेपाली सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उनका अनुसार अस्थायी आवास निर्माण गर्न आज थप १५ जना नेपाली सेना परिचालन गरिएको छ । सशस्त्र प्रहरीको समूह पनि आजदेखि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि परिचालन हुने उनले जानकारी दिए ।

“नेपाली सेनाको समूह मंसिर २४ गतेदेखि प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा खटिसकेको छ, सशस्त्र प्रहरीको टोली पनि आजदेखि परिचालन गरिँदैछ, सुरक्षाकर्मीको टोली परिचालन गरेपछि अस्थायी आवास निर्माणले तीव्रता पाउने हामीले अपेक्षा गरेका छौँ”, प्रजिअ बढुवालले भने ।

भूकम्प गएदेखि प्रभावित क्षेत्रको उद्धार राहतमा सक्रिय नेपाल प्रहरी भने निरन्तर प्रभावित क्षेत्रमा प्रहरी लागत संकलनमा खटिरहेको छ । नेपाली सेना तथा सशस्त्र प्रहरी पनि उद्धार र राहतसँगै अब अस्थायी आवास निर्माणमा परिचालन भएका हुन् ।

जिल्लाभर २५ हजार लाभग्राही यकीन भए पनि विवरण संकलन जारी रहेकाले ३० हजार लाभग्राही पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले रुकुम पश्चिममा तीन हजार ६४५ अस्थायी आवास निर्माण गरेको जनाएका छन् भने अझै हजारौँ अस्थायी आवास निर्माण हुन बाँकी छन् । कति अस्थायी आवास निर्माण भए कति हुन बाँकी छन् यसको विवरण भने जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहबाट विवरण आइसकेको छैन ।

अस्थायी आवास निर्माण गर्न लाभग्राहीलाई पहिलो किस्ता वापतको २५ हजारका दरले १९ हजार ९३४ घरधुरीलाई ४९ करोड ८३ लाख ५० हजार रकम स्थानीय तहको विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu