ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर जग्गामा बैंकहरूले लगानी बढाउँदा गाडीमा घटाए


एबीसी न्यूज
२८ मंसिर २०८०, बिहिबार   ३ : ४५   बजे

काठमाडौं, २८ मंसिर । घरजग्गा कारोबारमा ऋण बढ्दा अटो मोबाइल्समा घटेको छ। असारदेखि कात्तिकसम्म रियल स्टेट कर्जा ४ प्रतिशतले बढ्दा हायर पर्चेज कर्जा १९।१ प्रतिशतले घटेको हो।

दशैँ तिहारको समयमा गाडीको बिक्री बढे पनि अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह घटेको छ। बैंकहरुले घरजग्गा र अटोलोनमा सहज बनाए पनि गाडी कर्जा विस्तार रोकिएको छ।

असार अन्तिमसम्म १ खर्ब ५९ अर्ब ऋण प्रवाह भएकोमा कात्तिकमा आइपुग्दा १ खर्ब २८ अर्बमा सीमित भएको छ। ४ महिनामा ३० अर्ब ४० करोड रुपैयाँले घटेको छ।

व्यावसायिक कर्जातर्फ १ खर्ब २२ अर्ब रहेकोमा ९३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। व्यक्तिगत कर्जातर्फ साउनमा ३६ अर्ब ७१ करोड ऋण रहेकोमा कात्तिकमा घटेर ३५ अर्ब ५६ करोड रुपैयाँ प्रवाह भएको छ।

समग्र घरजग्गामा ऋण प्रवाह बढाए पनि व्यावसायिक भवन निर्माणमा कमी आउँदा घटेको छ। २ करोडसम्मको व्यक्तिगत घरकर्जा साउनमा ३ खर्ब ४८ अर्ब रुपैयाँ प्रवाह भएकोमा कात्तिकमा आउँदा ३ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। ४ महिनामा २८ अर्ब ४६ करोड रुपैयाँ बढेको छ।

साउनसम्म जग्गा र व्यावसायिक भवनमा २ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा कात्तिकका ४ अर्ब ६८ करोडले घटेको छ। कात्तिकसम्म २ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०र८१ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५।९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६।५ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४।४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १।१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २।५ प्रतिशतले बढेको जनाएको छ। कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०।९ प्रतिशतले घटेको छ।

प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८।७ प्रतिशतले, नगद प्रवाह कर्जा १३।९ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा १८।४ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ४।० प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६।४ प्रतिशतले बढेको छ।

अधिविकर्ष कर्जा ४०।३ प्रतिशतले ९पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणसमेत० र हायर पर्चेज कर्जा १९।१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu