ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल सागरमा २५ भारतीय सवार जहाजमा हुथीको आक्रमण


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   १ : ४३   बजे

काठमाडौं, ८ पौष । कच्चा तेलको ट्यांकर बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजलाई लाल सागरमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको बताइएको छ ।

ड्रोन ठोक्किएपछि उक्त कच्चा तेलको ट्यांकरले सोही क्षेत्रमा रहेको अमेरिकी युद्धपोतलाई आपतकालीन फोन गरेको अमेरिकी सेनाले जनाएको छ ।

ग्याबोनको स्वामित्वमा रहेको एमभी साइबाबा नाामक ट्यांकरमा आक्रमणबाट कुनै क्षति भने नभएको र जहाजमा रहेका २५ भारतीय सकुशल रहेको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेका छन् ।

यसअघि आज अमेरिकी सेन्ट्रल कमाण्डले हुथी विद्रोहीको आक्रमणमा परेका दुईवटा युद्धपोतमध्ये एउटा भारतको झन्डा भएको दाबी गरेको थियो ।

यद्यपि, भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै त्यसमा ग्याबोन झन्डा भएको र जहाजले भारतीय ढुवानी दर्ताबाट प्रमाणीकरण प्राप्त गरेको बताएको हो ।

यसबीच शनिबार नै हिन्द महासागरमा इरानबाट प्रक्षेपण गरिएको ड्रोनले एक रासायनिक ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।

पेन्टागनले केम प्लुटो जहाज भारतको तटबाट करिब ३७० किलोमिटर टाढा रहेको स्थानीय समयअनुसार बिहान १० बजे आक्रमण भएको बताएको छ ।

आक्रमणपछि जहाजमा लागेको आगो निभाइएको र कुनै हताहत हुनबाट जोगिएको बताइएको छ ।

इजरायलले गाजामा गरिरहेको आक्रमणलाई लिएर रुस्ट यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीले लाल सागरबाट यात्रा गरिरहेका जहाजमा ड्रोन र रकेट आक्रमण गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu