काठमाडौं, १२ पुस । अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विवरण अनुसार अमेरिक डलरको खरिदर आजको लागि १३३ रुपैयाँ ६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा तोकिएको तोकिएको छ।
हिजो (बुधबार) १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा थियो।
अमेरिकीसँगै आज युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, कतारी रियालको पनि भाउ बढेको छ।
१ युरोको खरिद दर आज १४७ रुपैयाँ ८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी बेलायती पाउण्ड १ को खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा तोकिएको छ।
त्यस्तै कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ।
यस्तो छ बिहीबारका लागि बिदेशी मुद्राको विनियम दर
प्रतिक्रिया दिनुहोस्