भारत, १२ पुस । भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ। गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन्।
गएराति तीव्र गतिमा गुडिरहेको बस टिपरसँग ठोक्किएपछि सडकमा बजारिएको थियो। त्यसपछि बसमा आगलागी हुँदा अधिकांशको जलेर मृत्यु भएको हो। घाइतेहरूको शरीरका अधिकांश भाग जलेको बताइएको छ।
बस पल्टिनासाथ आगलागी भएपछि उद्धारमा समस्या भएको प्रत्यक्षदर्शीले बताएका छन्। यसैबीचउत्तर प्रदेशमा बस सञ्चालनमा रोक लगाइएको छ । उत्तर प्रदेश राज्य सडक परिवहन निगमले बाक्लो हुस्सु र कुहिरोका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै यात्रु बस सञ्चालनमा रोक लगाएको हो ।
प्रदेश सरकारले हुस्सु र कुहिरोले असर नगरेकोबारे स्थानीय सरकारी अधिकारीलाई जानकारी दिएपछि बस चलाउन पाउने आदेश दिएको छ। साथै निगमले सडकको विपरीत दिशातर्फका पेट्रोल पम्प तथा भोजनगृहतर्फ लगेर बस रोक्नसमेत रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस्