काठमाडौं, १३ पुस । इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले विज्ञप्ति जारी गरी आक्रमणमा धेरै व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरेका छन्। साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको जनाइइएको छ।
प्रतिक्रिया दिनुहोस्