ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका दुई राज्यको आन्तरिक चुनावमा ट्रम्पलाई प्रतिबन्ध


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १ : १३   बजे

काठमाडौं १३ पौष । संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दुई राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएको छ।

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचन गरेर उम्मेदवार चयन गर्छन्। ट्रम्पलाई कोलोराडो र मेइन प्रान्तमा पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ।

कोलोराडोको अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो।

लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको एपीले उल्लेख गरेको छ।

ट्रम्पविरूद्ध २०२० को राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको लगायत विभिन्न अभियोगमा गत चैतदेखि मुद्दा चलिरहेको छ।

कोलोराडो र मेइनले गरेको निर्णयबारे अमेरिकी सर्वोच्च अदालतले फैसला गर्नेछ।  उनीहरूको निर्णयलाई सर्वोच्चले सदर गरे ट्रम्पले त्यहाँ आन्तरिक निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।  आन्तरिक निर्वाचनबाट धेरै भोट ल्याउने व्यक्तिलाई रिपब्लिकन पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu