ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारी ठगी प्रकरण – काठमाडौंमा पक्राउ परेका उपाध्यक्ष दर्लामीलाई पोखरा ल्याइयो


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १ : २१   बजे

काठमाडौं १३ पौष । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि दर्लामी फरार थिए । काठमाडौंमा लुकेर बसेको अवस्थामा उनलाई काठमाडौं प्रहरीले कास्की प्रहरीको अनुरोधमा पक्राउ गरेको थियो ।

यो सहकारीको रकम हिनामिना प्रकरणमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, हालसम्म कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए । रम्तेल अहिले पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।

प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पुस ६ मा पत्राचार गरिसकेको छ । सहकारीमा १८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu