ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेन राज्यमा पनि ट्रम्पलाई लगाइयो चुनाव उठ्न प्रतिबन्ध, उग्र बामपन्थी निर्णय भन्दै ट्रम्प पक्षको विरोध


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १ : ३१   बजे

काठमाडौं १३ पौष । मेन राज्यका शीर्ष निर्वाचन अधिकारीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राज्यको २०२४ को प्राइमरी चुनावको मतपत्रबाट हटाएका छन् । संविधानको १४ औं संशोधनको विद्रोह सम्बन्धि प्रतिबन्धमा आधारित रहेर ट्रम्पलाई चुनावी मतपत्रबाट हटाइएको हो ।

कोलोराडोको सर्वोच्च अदालतले यस महिनाको सुरुमा ट्रम्पलाई मतपत्रबाट हटाउने आश्चर्यजनक निर्णय दिएको थियो । अहिलेको निर्णयले ट्रम्पलाई चुनाव लड्न अयोग्य ठहराउने मेन दोस्रो राज्य भएको छ । यो समाचार ट्रम्पका आलोचकहरूका लागि महत्त्वपूर्ण विजय हो । ट्रम्पका आलोचकहरुले देशलाई लोकतान्त्र विरोधी विद्रोहीहरुबाट जोगाउने संवैधानिक प्रावधान लागू गर्न खोजिरहेको बताउदै आएका छन् ।

मेनकी सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले यस महिनाको सुरुमा उम्मेदवार बन्नका लागि ट्रम्पको योग्यताको बारेमा प्रशासनिक सुनुवाइको अध्यक्षता गरेपपछि बिहीबार निर्णय जारी गरिएको हो । राज्यका पूर्व सांसदहरूको द्विदलीय समूहले ट्रम्पविरुद्ध चुनौती दायर गरेको थियो।

 

अमेरिकी सर्वोच्च अदालतले सम्पूर्ण देशको लागि ट्रम्पबारेको मुद्दाको समाधान गर्ने कानुनविदहरुको विश्वास छ । मेन राज्यको निर्णयले कोलोराडोको निर्णयपछि ट्रम्पको विपक्षमा एउटा परिदृश्य निर्माण गरेको छ । कोलोराडो भन्दा पहिले मिशिगन र मिनेसोटा जस्ता धेरै अन्य राज्यहरूले यस्तै प्रयासहरू अस्वीकार गरेका थिए ।

गृहयुद्ध पछि अनुमोदित सैंविधानको १४ औं संशोधनले विद्रोहमा संलग्न अमेरिकी अधिकारीहरूले भविष्यमा सरकारी पद धारण गर्न नसक्ने उल्लेख गरेको छ । तर यो प्रावधान अस्पष्ट छ । यस्तो प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे थप प्रष्ट छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group