ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाली सेनाको दाबी


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   १ : ४८   बजे

काठमाडौं २९ पौष । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ज्वाइन्ट चिफ अफ स्टाफले प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएका छैनन् ।

जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ ।

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।

केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमा नजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका छन् ।

“ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’को रूपमा परिभाषित गर्नुपर्छ,” किमले बुधबार कोरियाली केन्द्रया समाचार निकाय केसीएनए०लाई उद्धृत गर्दै भनेका छन् ।

विश्लेषकहरूले त्यतिबेला यो परिवर्तन महत्त्वपूर्ण रहेको बताएका छन् । उनीहरूले प्योङयाङको सियोलप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको संकेत गरेको थियो ।

किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group