ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंकर पोखरेलको आरोप : मुर्रा राँगा ल्याएका प्रचण्डले जलविद्युत् भारतलाई सुम्पिए


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   ३ : ४२   बजे

काठमाडौं २९ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकासतर्फ लैजान धेरै दल नभइ बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन्।   आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए।

नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिए।   हिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकामा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उनले बताए।

एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पारे।
‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले प्रष्ट शब्दमा भने।

अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गरे। युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उनले बताए।

रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा विदेशिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ।

‘यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भने,‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्नेतर्फ बढ्नु पर्दछ।’

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उनले बताए। ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उनले भने।

सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उनले बताए। सरकारको विकासविरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उनले स्पष्ट पारे।

सरकारको विकार विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको पोखरेलको धारणा छ।

यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए। ‘अब सडक आन्दोलनमा जानु पर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताको विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ’, उनले भने।

अहिले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा नेपाललाई विकास गर्ने जोखिम बढ्दै गएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे।

भारत र चीनलाई मिल्न नदिने त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको पोखरेलको भनाइ छ।

एसियालाई विश्व अर्थतन्त्रमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका उनले सुनाए। विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना त्यसको लाग लिने योजना अनुसार लागेका पोखरेलले बताए।

‘भारत र चीनलाई मिल्न नदिने, नेपाल भूमिलाई त्यो रणनीति द्वन्द्वको क्रिडास्थलको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत नेपालका बलियो राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सिर्जना गरिरहने खालका क्रियाकलाप पछिल्लो समय बढेर गएका छन्’, उनले भने।

अहिलेका नेपालका प्रधानमन्त्री विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको उनले बताए। जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद कुरा भएको पोखरेलले बताए।

विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उनले बताए। निर्माण व्यवसायीले गरेको कामको पैसासमेत नपाउने स्थिति रहेको पोखरेलले सुनाए। सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ।

भारत भ्रमणमा जाँदा मुर्रा राँगा लिएर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका कम लागतमा बन्ने विद्युत् आयोजना भारतलाई उपहार दिएको महासचिव पोखरेलले बताए।

नेपालीकै लागतमा बनाउनु पर्ने विद्युत् आयोजना भरतलाई दिएर प्रधानमन्त्रीले राष्ट्रघाती काम गरेको उनको भनाइ छ।

भारतीय दूतावासले नै २० करोडसम्मका योजना सञ्चालन गर्ने सम्झौता अर्को राष्ट्रविरोधी सम्झौता भएको उनले प्रष्ट पारे।

‘आफ्नो कार्यकारी अधिकार नै प्रयोग गर्न नसक्ने सरकारले कसरी राष्ट्रियता संरक्षण गर्न सक्छ रु’, उनले प्रश्न गरे।

देशमा नै बिजुली नपुगेको र पुगेको ठाउँमा पनि जुनकिरी जस्तो बिजुली पुगेको देशले १० हजार मेघाबाट बिजुली भारतलाई बेच्ने सम्झौता गरेको भनेर हर्षबढाइँ गरिरहेको उनले बताए।

जनतालाई गुणस्तरीय बिजुली दिन नसकेको अवस्थामा बिजुली बेच्ने सम्झौता गरियो भनेर हर्षबढाइँ गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ। नेपालको विकासको लागि देश भित्रै बिजुलीको खपत बढाउनु पर्ने उनको जोड छ।

यतिबेला जातीय अतिवाद बढाउने र राजनीतिक अस्थिरता कायम गर्ने काम सरकार आफैँले गरिरहेको पोखरेलले सुनाए।

आफैँले गरेको निर्णयबाट पछि हटेर कोशी प्रदेशमा हिंसा बढाउने काम सरकारले गरेको उनले बताए।

नेकपा एकालेले सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले यसलाई चिर्ने काम गरेको उनले प्रष्ट पारे।

यो यात्राले नेकपा एमालेले मात्र राष्ट्रलाई एटै मालामा गाँस्न सक्दछ भन्ने सन्देश दिएको उनले दाबी गरे। यात्राले निराश हुँदै गएका जतामा आशा जगाउने काम गरेको पोखरेलले बताए।

पोखरेलले राजतन्त्रको पुनर्स्थापना पनि यी चुनौतीको समाधान नभएको प्रष्ट पारे। मरिसकेको राजतन्त्रले नेपाल र नेपालीका चुनौती समाधान गर्न सक्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group