ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकुञ्जबाट बाघको दाह्रा गायब प्रकरण तत्कालीन वार्डेन श्रेष्ठको गम्भीर लापरबाही


एबीसी न्यूज
१ माघ २०८०, सोमबार   ४ : ३६   बजे

काठमाडौं १ माघ । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटेबाघको २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको प्रकरणमा तत्कालीन प्रमुख संरक्षण अधिकृत वार्डेन० विष्णुप्रसाद श्रेष्ठको गम्भीर लापरबाही देखिएको छ ।

निकुञ्जको जिन्सी शाखामा राखिने दाह्रा र गैंडाको खाग गायब भएको विषय पहिल्यै थाहा भएपनि उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी नगराएको पाइएको छ । कतिसम्म भने सरुवा भएर गएका नयाँ वार्डेन अशोक भण्डारीलाई बुझबुझारथ गर्दा समेत उनले त्यो कुरा उल्लेख गरेका थिएनन् ।

 

कुराकानीमा समेत श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको बताएका थिए । ‘स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिंडेको हुँ’, श्रेष्ठले भनेका थिए, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’

उनको भनाइमा २२ साउन २०७९ मा मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा मृत फेला परेको गैंडाको एउटा खाग र १२ वटा खुर राख्न जाँदा टिनको बाकस सही अवस्थामा थिएन ।

‘मेरो अर्को काम भएको कारणले पोका र थैलीभित्रको आखेटोपहार हेर्न भ्याएको थिइनँ’, थारुले भनेका छन्, ‘२५ साउनमा त्यो खाग र खुर दाखिला गरेर रिपोर्टमा हस्ताक्षर गराउन जाँदा प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठज्यूले खाग र खुर हेर्न जाँदा २ वटा खाग मात्र भेटिएको भन्नुभएको थियो ।’

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा देखिएको छ । त्यस हिसाबमा २०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा दाह्रा र खाग हराएको आंशका गरिएको छ ।
त्यतिबेला श्रेष्ठले ‘कतै होला, राम्रोसँग चेक गर्न’ भन्दै निर्देशन दिएको उनले भनेका छन् । ‘धेरै पटक हेर्दा पनि नभेटिएपछि शंका लागेर टिनको बाकसको ताला र चुकुलसहित कब्जा निकालेको भएपनि ढोका चेक गर्न जाँदा त्यहाँको कब्जा पनि निकालेको भेटियो’, उनले स्पष्टीकरण पत्रमा भनेका छन्, ‘त्यसपछि चोरी भएको लागेर प्रमुख संरक्षण अधिकृतलाई जानकारी गराउँदा यो कुरा कसैलाई नभनी जसरी पनि खोज्न भन्नुभएको थियो ।’

श्रेष्ठको सरुवा भएर नयाँ प्रमुख संरक्षण अधिकृतका रुपमा अशोक भण्डारी जाँदा बल्ल पाटेबाघको २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको खुलेको थियो ।

त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई घटनाबारे जानकारी गराउँदै भण्डारीले आवश्यक निर्देशन दिन पत्राचार गरेको थियो ।

‘भण्डारण गरी राखिएका गैंडाका खाग र बाघको दाँत जस्तो संवेदनशील आखेटोपहार दुरुस्त अवस्थामा नरहेको, कहिले र कसरी हराएको हो वा को कसको लापरबाहीबाट हराएको भन्ने सम्बन्धमा छानबिन गरी कारबाही गर्नुपर्ने अवस्था रहेको तर के कस्तो कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने सन्दर्भमा द्विविधा उत्पन्न हुन गएको छ’, पत्रमा भनिएको थियो ।

पत्रमा अगाडि भनिएको थियो, ‘यो अति गम्भीर र जटिल प्रकृतिको विषय भएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० समेतको सहयोग लिने वा के कस्तो विधि, प्रक्रिया अवलम्बन गरी कारबाही किनारा गर्ने भन्ने सन्दर्भमा आवश्यक निकासा निर्देशन पाउन अनुरोध छ ।’

तर, त्यसबेला विभागले आन्तरिक छानबिन समिति गठन मात्र गरेर निष्कर्षमा नपुगी यो विषय छाडेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। सिन्धुप्रसाद ढुंगानाले यो विषय आफू आउनुभन्दा पहिलेको भएकाले कार्यदलको प्रतिवेदन अध्ययन गर्न नपाएको बताए ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानुन मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो ।

समितिले स्टोरकिपर सिनियर गेमस्काउट सुवासकुमार थारु र गेमस्काउट उपारसिंह लामालाई शंकास्पद ठहर गर्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने भनेको थियो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उनीहरुलाई सरुवा मात्र गरेको छ ।

स्टोरकिपरमध्ये सिनियर गेम स्काउट लामा अहिले शिवपुरी राष्ट्रिय निकुञ्जमा सरुवा गरिएका छन् भने सुवास थारु बर्दिया निकुञ्जकै एक पोष्टमा पठाइएका छन् । जबकि, छानबिन समितिले उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

निकुञ्जले आखेटोपहार हराएको विषयमा जाहेरी दिएको भए प्रहरी अनुसन्धानको बाटो समेत अघि बढ्नसक्थ्यो । यद्यपि, वन्यजन्तु संरक्षण विभागले समेत यसमा चासो नदेखाएको छानबिन समितिका सदस्यहरु बताउँछन् ।

दुई वर्षसम्म चितवन लगिएको थिएन आखेटोपहार

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा देखिएको छ । त्यस हिसाबमा २०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा दाह्रा र खाग हराएको आंशका गरिएको छ ।

छानबिन समितिका सदस्यहरुका अनुसार, तत्कालीन प्रमुख संरक्षण अधिकृत श्रेष्ठले यसबारे थाहा पाउनेबित्तिकै तुरुन्तै स्टोरकिपरलाई निलम्बन गरेर छानबिन अघि बढाउनुपर्थ्यो ।

‘तुरुन्तै खोजी थाल्नुपर्नेमा उहाँले अनौठो किसिमले लापरबाही गर्नुभयो, पछि अर्को प्रमुख आउने बेला पनि चुप लागेर केही नभनी जानुभयो’, छानबिन समितिका एक सदस्य भन्छन् ।

निकुञ्जभित्र कुनै संरक्षित वन्यजन्तुको मृत्यु हुँदा वा तस्करहरुबाट आखेटोपहार बरामद हुँदा त्यसलाई निश्चित समय स्टोरमा राखेर भण्डारणका लागि चितवन राष्ट्रिय निकुञ्जको भण्डारणमा पठाउनुपर्छ ।

‘पक्राउ परेको अवस्थामा मुद्दा अदालतमा नबुझाइञ्जेलसम्म राखिन्छ भने अदालतमा बुझाएलगत्तै भण्डारणका लागि पठाउने गरिन्छ’, समितिका एक सदस्यले भने, ‘तर, संरक्षण अधिकृत श्रेष्ठले दुई वर्षसम्म चितवनमा नबुझाइ राखेका थिए ।’ आखेटोपहार व्यवस्थापन कार्यविधि अनुसार, मुद्दा टुंगो लागेपछि बरामद सामग्री निकुञ्जमा नराख्ने गरिएको उनले बताए ।

छानबिन समितिको प्रतिवेदनमा निकुञ्जको भण्डारणबाट बाघको दाह्रा र गैंडाको खाग गायब भएको प्रकरणलाई ‘आपराधिक घटना’ भन्दै गम्भीर अनुसन्धान गर्नुपर्ने भनेको थियो । स्टोरकिपरले समेत केही प्रश्नको सन्तोषजनक जवाफ नदिएको भन्दै उनलाई निलम्बन गरेर कानुन अनुसार कारबाही एवं अनुसन्धान अघि बढाउनुपर्ने भनेको थियो ।

‘स्टोरबाट सामान हराएपछि स्टोरकिपरले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ, त्यसैले उहाँहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा २६ ९१० अनुसार नै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भनेका थियौं’, छानबिन समितिका एक सदस्यले भने, ‘तर विभागले अनौठो तरिकाले उनीहरुलाई यसमा जिम्मेवार बनाउन चाहेन, यति ठूलो घटनालाई विभागले सामान्य रुपमा लिएको देखिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group