ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन : बाइडेन


एबीसी न्यूज
१ माघ २०८०, सोमबार   ५ : ४९   बजे

काठमाडौं १ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने बताएका छन् । ताइवानको निर्वाचनमा स्वतन्त्रतावादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सत्तारूढ डेमोर्क्याटिक प्रोग्रेसिभ पार्टी ९डीपीपी०का नेता हुन् । उनको जितसँगै डीपीपी ताइवानमा लगातार तेस्रो कार्यालयका निम्ति सत्तामा पुगेको हो ।

ताइवानको चुनावी नतिजाबारे प्रतिक्रिया दिँदै बाइडेनले शनिबार भने, “हामी ९ताइवानको० स्वतन्त्रतालाई समर्थन गर्दैनौँ।।।।”

अमेरिकाले सन् १९७९ मा ताइवानसँगको सम्बन्ध अन्त्य गर्दै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

अमेरिकाले ताइवानलाई स्वतन्त्र मुलुकका रूपमा समर्थन गर्दैन । तर, अमेरिकाले चीनविरुद्ध अडिग रहन समर्थन र ताइवानलाई रणनीतिक एवं सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

उता, बेइजिङले ताइवानसँगको पुनर्मिलनका निम्ति सैन्य बल समेत प्रयोग गर्ने जनाइसकेको छ ।

बाइडेनले यसअघि चीनले ताइवानमाथि आक्रमण गरे रक्षा गर्न अमेरिका अघि सर्ने बताएका थिए । तर, शनिबार उनले बेइजिङलाई आश्वस्त पार्ने किसिमको टिप्पणी गरेका हुन् ।

लाइ राष्ट्रपतिमा विजयी भएलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बधाई दिएका थिए । प्रतिक्रियास्वरूप चीनले अमेरिकाले गल्ती गरेको टिप्पणी गरेको छ ।

सन् २०१६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानकी राष्ट्रपति साई इङ वेनसँग फोनवार्ता गरेका थिए ।

१९७९ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ताइवानसित अन्त्य गर्दै चीनलाई कूटनीतिक मान्यता दिएका थिए । त्यसयता ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति थिए । चीनले त्यसबारे कडा विरोध गरेको थियो । रोयटर्सबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu