ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० खेलाडीमा सीमित गिनीसँग रोकियो क्यामरुन


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   १ : २५   बजे

काठमाडौं २ माघ । पाँचपटकको च्याम्पियन क्यामरुन अफ्रिका कप अफ नेसन्स–२०२४ को आफ्नो पहिलो खेलमा गिनीसँग १–१ को बराबरीमा रोकिएको छ ।

सोमबार आइभोरी कोस्टको चार्ल्स कोनान बान्नी रंगशालामा खेलको १०औँ मिनेटमा मोहमेद बायोको गोलमा गिनीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्सिस्को कामानोले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि गिनी १० खेलाडीमा समेटिएको थियो ।

त्यसको फाइदा उठाउँदै ५१औँ मिनेटमा फ्रयांक माग्रीले क्यामरुनका निम्ति बराबरी गोल फर्काए । र, टिमको सम्भावित हार टारे ।

बराबरीसँगै एक अंक जोडेको क्यमरुन समूह ‘सी’को दोस्रो स्थानमा उक्लिएको छ । समान अंकसहित गिनी तेस्रो स्थानमा छ । यो समूहमा क्यामरुन र गिनीसँगै साविक विजेता सेनेगल र गाम्बिया छन् ।

सोमबार नै भएको अर्को खेलमा दुईपटकको च्याम्पियन अल्जेरियाले एन्गोलोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । स्टेट बाउकेमा भएको खेलमा अल्जेरिया १–० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।

बराबरीसँगै समूह ‘डी’मा एक अंक जोडेको अल्जेरिया शीर्ष स्थानमा उक्लिएको छ । समान अंकसहित एन्गोलो दोस्रो स्थानमा छ । यो समूहमा अल्जेरिया र एन्गोलोसँगै बुर्किना फासो र मौरिटानिया छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

चीन र भारतबीच सीमा वार्ता जारी

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu