ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इजरायलको जासुसी अखडा’मा इरानको आक्रमण, अमेरिका आक्रोशित


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   ६ : ०७   बजे

काठमाडौं, २ माघ । मध्यपूर्वमा तनाव चुलिएका बेला इरानले इराकस्थित इजरायलको एउटा जासुसी खडामा धावा बोलेको छ।गाजा क्षेत्र र लाल सागरमा तनाव चुलिएका बेला इजरायलविरुद्ध इरानले एउटा कडा धक्का दिएको हो। इजरायलमाथि भएको यो इरानी आक्रमणलाई लिएर अमेरिका आक्रोशित भएको छ। इराकको इरबिल नजिकै इजरायली अखडामा भएको यो हमलालाई अमेरिकाले गैरजिम्मेवार र अस्पष्ट आक्रमणुको संज्ञा दिएको छ। सोमबार इरानको रिभोल्युसनरी गार्ड्सले बताएअनुसार इजरायलको इराकस्थित ‘जासुसी हेडक्वार्टर’ मा ब्यालिस्टिक मिसाइलले आक्रमण गरिएको हो।

कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै इजरायलविरुद्धको यो हमलामा कम्तीमा ४ जना मारिएका छन्। अन्य ६ जना गम्भीर घाइते भएका छन्। हमास र इजरायलबीचको लडाइँ पूरै मध्यपूर्वमा फैलिन सक्ने आशंका चुलिइरहेका बेला इरानले यो हमला गरेको हो।

इराकले यस हमलाको निन्दा गर्दै यसलाई आफ्नो सम्प्रभुताको उलंघन भनेको छ।उता अमेरिकास्थित ह्वाइ हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एड्रिएन वाटसनले आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

हामी स्थितिको आकलन गरिरहेका छौँ। तर, सुरूवाती संकेतका आधारमा यो हमला गैरजिम्मेवार थियो उनले भनेका छन्।उता इरानी रिभोल्युसनरी गार्डले यहुदी शासकहरूले हालैका दिनमा मच्चाइरहेको आतंक र अत्याचारको प्रतिकारस्वरुप यो आक्रमण गरिएको जनाएको छ।

आफ्ना सैन्य नेताहरूमाथि हमला गरेर कयौँ कमान्डरको हत्याको जवाफमा यो आक्रमण गर्नुपरेको रिभोल्युसनरी गार्डले जनाएको छ।आफ्नो मिसाइल हमलाबाट कुर्दिस क्षेत्रस्थित इजरायली जासुसी संस्था मोसादको कार्यालय पनि ध्वस्त भएको इरानी सेनाको भनाइ छ। अघिल्लो महिना इजरायले सिरियाको दमास्कसमा गरेको हमलामा एक शीर्ष इरानी जनरल सैयद रजी मौसवीको ज्यान गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu