ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा इरानको आक्रमण, ‘गम्भीर बदला’ लिने चेतावनी


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   १२ : ५८   बजे

काठमाडौं ३ माघ । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् ।

पाकिस्तानले आफ्नो भूमिमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै बदला लिने चेतावनी दिएको छ। इरानले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कोह–ए–सब्ज क्षेत्रमा सुन्नी लडाकु समूहको अड्डा लक्षित आक्रमण गरेको जनाइएको छ ।

जैश अल–अदलका दुई किल्ला ध्वस्त पार्न ‘सटीक मिसाइल र ड्रोन हमला’ गरेको इरानले जनाएको छ ।

सुन्नी लडाकु समूह जैश अल–अदल इरानमा जैश अल–धुल्म भनेर चिनिन्छ ।  इरानले सोमबार उत्तरी इराक र सिरियामा मिसाइल आक्रमण गरेपछि मंगलबार पाकिस्तानमा आक्रमण गरेको हो ।

इजरायलले गाजामा जारी राखेको युद्धले क्षेत्रीय द्वन्द्व बढाउने चिन्ताका बीच पाकिस्तानमा आक्रमण भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो भूमिमा भएको आक्रमणमा ‘दुई निर्दोष बालबालिका’ मारिएको बताउँदै इरानलाई ‘गम्भीर बदला’को चेतावनी दिएको छ ।

‘इरानले पाकिस्तानी हवाई क्षेत्रको अप्रत्याशित उल्लंघन’ गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यम हुँदा हुँदै पनि गैरकानुनी कार्य हुनु चिन्ताजनक विषय भएको पाकिस्तानको भनाइ छ ।

इरानको रिभोलुसनरी गार्ड्सले आफ्ना लडाकुका छोराछोरी र पत्नी बस्ने दुई घर ध्वस्त पार्न ६ वटा ड्रोन आक्रमण र थुप्रै रकेट प्रयोग गरेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu