ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री ज्वाला-१४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ, ६ लाख आयो


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   २ : ३३   बजे

काठमाडौं ७ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६ लाख सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०को कार्ड आएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश यातायात मन्त्रालयको बैठकमा मन्त्री ज्वालाले ६ लाख ल्याउने प्रक्रियामा रहेको बताए ।

मन्त्री ज्वालाले भने, “६ लाख कार्ड आइसक्यो थप ६ लाख आउँदैछ, १६ लाख सवारी चालक अनुमतिपत्र कार्ड र प्रिन्टरको ठेक्का भइसकेको छ ।”

हाल १४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ । हाल यातायात व्यवस्था विभागसँग रहेको मेसिनमा दैनिक सात हजार कार्ड छाप्न सक्ने क्षमता छ ।

प्रदेश सरकारले पनि कार्ड र प्रिन्टरका लागि बजेट छुट्याएको छ । त्यो खरिद प्रक्रिया अघि बढ्यो भने स्थायी रूपमा कार्डको समस्या समाधान हुन्छ, मन्त्री ज्वालाले भने, विद्यतीय सवारी दर्ता प्रणाली पोखरामा र एकान्तकुनामा सञ्चालनमा आएको छ । पोखरामा सफल छ । एकान्तकुनामा अलि समस्या देखिएको छ ।

देशव्यापीरूपमा अनलाइन सिस्टमबाटै नवीकरण, आवेदन दिने, जस्ता काम अनलाइनबाटै गर्न सके विचौलिया हाबी नहुने उनले बताए ।

इम्बोस्ड नम्बर प्लेटको समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा पनि मन्त्री ज्वालाले जोड दिए । यसले सरकारलाई राजस्वका हिसाबले पनि फाइदा गर्ने उनको भनाइ छ ।

नक्कली लाइसेन्सको विषयमा सीआईबी, मन्त्रालयबाट छानबिन भइरहेको पनि उनले बताए ।  “यो गलत काम पुरानोले गरेको होस् या नयाँले छानबिन हुन्छ र गल्ती गर्नेलाई कारबाही हुन्छ,” मन्त्री ज्वालाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu