ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप ज्ञवालीको आरोप- प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन्


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   २ : ५०   बजे

काठमाडौं ७ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।

प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ थियो ।

 

भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको भन्दै पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ, त्यसको काम किन भएन भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई(तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’

भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ ।

पछिल्लो समयमा देशमा केही हुँदैन, यो देश बन्दैन भन्ने भाष्य खडा गर्न सरकार नै लागिपरेको आरोप नेता ज्ञवालीले लगाए ।

देशका विकास निर्माणका कामहरु ठप्प हुँदै गएकोप्रति एमालेले जनताका बीचमा जान आन्दोलन गर्ने तयारी गरेको बताए । उनले देशका ७ वटै प्रदेशबाट एमाले सरकारका विरुद्धमा जनतामा जाने बताए ।

सहकारी पीडित नागरिकहरुको पक्षमा सरकारले काम गर्न नसकेको टिप्पणी गर्दै नेता ज्ञवालीले जनताको बचत ठग्ने व्यक्तिहरुलाई पक्राउ गरेर जनताको वचतको सुरक्षा गर्न सरकार चुकेको बताए ।

रास्वपाका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै उनले देश बनाउँछु भनेर आएका नयाँ दलका नेताहरुले सहकारी सञ्चालकले ठगेको रकम सरकारले तिर्नुपर्छ भनेर गरेको टिप्पणी लज्जास्पद भएको बताए ।

संक्रमणकालीन न्याय, वेपत्ता छानविन, सत्य निरुपण तथा मिलाप आयोगका विषयलाई सरकारले राष्ट्रियसभाका सांसदहरुको भागबण्डासँग जोडेर एमालेलाई बदनाम गराउन प्रधानमन्त्री नै लागेको नेता ज्ञवालीले बताए । उनले सरकारसँग बहुमत भएकाले बहुमतका आधारमा विधेयक पास गर्न सक्ने भन्दै, पीडितलाई न्याय पाउने विषयमा एमालेले कुनै अन्य विषयसँग सौदावाजी नगर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group