ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍ महासचिवमा पाण्डेको नियुक्ति अड्किएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको अर्को पत्र


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   ३ : १०   बजे

काठमाडौं ७ माघ । संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन्।

मंसिर २५ गते तत्कालीन महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो।

 

संघीय संसद् श्रोतका अनुसार घिमिरे र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्र तीन दिनअघि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो।

‘मंसिर २५ गते नै संसद्को महासचिवमा नियुक्तिका लागि पद्यमप्रसाद पाण्डेको नाम सिफारिस भइसककेको छ। तर पाण्डेलाई महासचिवमा नियुक्तिका लागि भएको उक्त उक्त सिफारिस राष्ट्रपतिको कार्यालयमा किन र के कारणले रोकियोरु भनेर स्मरण पत्र पठाएका छौँ’, संसद् सचिवालयका एक अधिकारीले भने।

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो।

मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति पौडेलले आवश्यक कानुनी परामर्श भन्दै अड्काइदिएका छन्।

महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ। यस्तो अवस्थामा संसदको नेतृत्वबाट राष्ट्रपतिलाई फेरि अर्को पत्र गएको हो।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्‌को महासचिवमा सिफारिस भएको थियो।

नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नयाँ महासचिवका रुपमा संसद्बाट भएको सिफारिस राजनीतिक कारणले अड्किएको हो।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group