ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री सुदन किराँती-निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन, नयाँ ढंगले पुनःसंरचना गर्नुपर्छ


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : ४६   बजे

काठमाडौं ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।

आज बिहान प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले वर्तमान अवस्थामा निगम अगाडि बढ्न नसक्ने बताए।

‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ’, मन्त्री किराँतीले भने, ‘बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’

 

यस क्रममा मन्त्री किराँतीले निगमले पछिल्लो समय ५ करोड ऋण तिरेको जानकारी दिँदै भने, ‘यो त देखिएको आशाका किरण मात्रै हो। ऐनहरूमा हामीले धेरै ध्यान दिनुपर्नेछ।’

उनले थपे, ‘आफू मालिक नहुने अरूबाट प्रभावित हुने प्रवृत्ति छ। यसलाई सुधार्न मैले बिहान–बेलुकै निर्देशन दिएको छु।’

करार व्यवस्थापनका लागि क्याबिनेटमा प्रस्ताव लगेको ४ दिन भइसकेको जानकारी पनि उनले दिए। उनले भने, ‘यो चाँडै स्वीकृत हुन्छ। करार व्यवस्थापनमा राम्रै देखिएको अनुभव छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu