ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायललाई झट्का- गाजा क्षेत्रको एउटै भवनमा मारिए २१ जना सैनिक


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   ३ : ०८   बजे

काठमाडौं ९ माघ । करिब ३ महिनादेखि जारी आक्रमणका क्रममा मंगलबार इजरायली सेनाले ठूलो क्षति भोग्नु परेको छ।  इजरायलको सेनाले मंगलबार जनाएअनुसार एकै ठाउँ भएको हमलामा २१ जना सैनिक मारिएका हुन्।

 

हमासविरुद्ध आफ्नो अभियान चलाइरहेको इजरायली सेनाका लागि यो दिन सबैभन्दा भीषण सावित भएको छ।  इजरायल डिफेन्स फोर्सेज ९आईडीएफ० का प्रवक्ता ड्यानियल हजारीका अनुसार गाजा क्षेत्रस्थित एक भवनमा सैनिक बसिरहेका बेला रकेट हमला भएको हो।

उनका अनुसार इजरायली सुरक्षा बलले भवनलाई उडाउने उद्धेश्यसहित जुन विस्फोटक राखिएको थियो, त्यो समेत विस्फोट हुन पुगेको हो।

आईडीएफले अहिले यस घटनाको जाँच अनुसन्धान चलिरहेको जनाएको छ।

इजरायलले गत ७ अक्टोबरमा भएको हमलापछि हमासविरुद्ध युद्धमा छ। गाजामा सैन्य कारबाही तीव्र भइरहँदा इजरायलले एकै ठाउँमा ठूलो धक्का ब्यहोरेको हो।

इजरायलले हमासलाई समाप्त नपारुन्जेल अभियान जारी रहने जनाएको छ। ७ अक्टोबरमा हमासको हमलाबाट १३ सय मानिस मारिएका थिए।

त्यसपछि इजरायलले थालेको हमलाका कारण अहिलेसम्म गाजा क्षेत्रमा २५ हजार मानिस मारिइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu