ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी र चिनियाँ अधिकारीबीच थाइल्यान्डमा गुप्त वार्ता हुने


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   ३ : ५८   बजे

काठमाडौं १२ माघ । सम्बन्ध सुधारको प्रयास गरिरहेका अमेरिका र चीनका वरिष्ठ अधिकारीहरुबीच थाइल्यान्डमा गुप्त वार्ता हुने भएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुन लागेको हो।

नोभेम्बरमा सान फ्रान्सिस्कोमा राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको वार्तापछि सलिभान र वाङ पहिलोपटक भेट्न लागेका हुन्।

बेलुन काण्ड र ताइवानका विषयमा तनाव उत्कर्षमा पुगेपछि गतवर्षको अन्त्यमा अमेरिकी र चिनियाँ अधिकारीहरुले सम्बन्ध सुधारको प्रयास थालेका थिए। त्यसका लागि सलिभान र वाङबीच गुप्त रुपमा अस्ट्रियाको भियना र माल्टामा भेट भएको थियो।

 

जसले नोभेम्बरमा बाइडेन र सीबीचको भेटलाई सम्भव तुल्याएको थियो।  अमेरिकी अधिकारीहरु सञ्चारमाध्यमको नजरबाट टाढा निजी रुपमा वार्ता भएकाले सलिभान–वाङ संयन्त्र प्रभावकारी बनेको बताउँछन्।

पछिल्लो समय लाल सागरमा पश्चिमा जहाजहरुलाई आवागमनमा बाधा गरिरहेको हुथी समूहलाई रोक्न इरानमाथि दबाब बढाउन अमेरिकाले चीनलाई आग्रह गरिरहेको छ। यो विषय सलिभानले हालै अमेरिका भ्रमणमा गएका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ च्यानचाओसँग पनि उठाएका थिए। जो वाङको उत्तराधिकारीका रुपमा विदेशमन्त्री बन्ने कतिपयको आकलन छ।

विदेशमन्त्ती रहेका छिन काङ बर्खास्त भएपछि गत जुलाईयता वाङले चिनियाँ विदेश मन्त्रालय र चीनको शीर्ष कूटनीतिज्ञ दुवैको भूमिका निर्वाह गरिरहेका छन्।

अमेरिका र चीनबीच ताइवान विवादित विषय बन्ने गरेको छ, जहाँ हालैको चुनावमा अमेरिकाको समर्थन प्राप्त उम्मेदवार लाइ चिङ ते विजय भएका छन्। फाइनान्सियल टाइम्स

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu