ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्सका सांसदबीच सदनमा हानाहान


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   १ : २३   बजे

काठमाडौं १५ माघ । माल्दिभ्सको संसद्‌मा सांसदहरूबीच हानाहान भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच हानाहान भएको हो ।

उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार गरिरहेको भिडियो  सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।आइतबार त्यहाँ राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारका मन्त्रीको संसदीय अनुमोदन गर्ने कार्यक्रम तय थियो ।

पिपुल्स नेसनल कांग्रेस ९पीएनसी० र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स ९पीपीएम०को सत्ता गठबन्धन र विपक्षी दल माल्दिभियन डेमोर्क्याटिक पार्टी ९एमडीपी०का सांसदबीच झडप भएको बताइएको छ ।

एक भिडियोमा एमडीपीका सांसद इसा र सत्तारूढ पीएनसीका अब्दुल्लाह शाहिम अब्दुल हकीमबीच झगडा भएको देखिएको छ । अर्को भिडियोमा एक सांसदले सभामुखको कानमा ठूलो आवाज आउने हर्न बजाइरहेको देखिन्छ । कैयौँ सांसदले बैठक अवरुद्ध गरेको बताइएको छ । सत्ता गठबन्धनका सांसदले विपक्षीलाई सदनमा प्रवेश गर्न रोक लगाएपछि झगडा भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu