काठमाडौं १९ माघ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री, अर्थमन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्।
उनले सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा। प्रकाशशरण महतसँग छलफल गर्ने कार्ययोजना छ।
सभामुखको सचिवालयका अनुसार आजै दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छलफल हुनेछ। सभामुख घिमिरले शुक्रबार अपरान्ह ४ बजे संसद्मा रहेका दलका प्रमुख सचेतक र सतेकहरूसँग छलफल गर्दै छन्।
माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन्।
प्रतिक्रिया दिनुहोस्