ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैंले मृत्युको खबर फैलाएको पुनम पाण्डेविरुद्ध बलिउडकर्मीले गरे सजायको माग


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ८ : ५६   बजे

काठमाडौं । आफ्नो मृत्युलाई लिएर सामाजिक सञ्जालमा गरिएको ठट्टा पुनम पाण्डेलाई महँगो साबित हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ ।

भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखिरहेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

भिडियो सन्देशमा पण्डितले भनेका छन्, ‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो ।

उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’ पूनमको यो चालमा सबै सेलिब्रेटीले विरोध गरिरहेको बेला अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । संस्थाको तर्फबाट भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको नक्कली पीआर स्टन्ट निकै कमजोर छ । तपाईको प्रचारका लागि पाठेघरको मुखको क्यान्सर जस्ता रोगको कारण प्रयोग गर्नु मान्य छैन । यो खबरपछि अब भारतीय फिल्म उद्योगमा कुनै पनि व्यक्तिको मृत्युको खबर पत्याउन मानिसहरु हिचकिचाउन सक्छन् ।

फिल्म उद्योगमा कोही पनि पीआरको लागि यो स्तरमा झुकेका छैनन् ।’एसोसिएसनले गरेको पोस्टमा यस्तो पनि लेखिएको छ, ‘पुनम पाण्डेका म्यानेजरले झुटो समाचारको पुष्टि गरे, त्यसैले पुनम पाण्डेसँगै उनको म्यानेजरमाथि पनि एफआइआर दर्ता गर्नुपर्छ ताकि आफ्नै मृत्युको कथा कसैले फैलाउन नपरोस् ।’‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीले एक ट्वीट सेयर गर्दै लेखेका छन्, ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ ।

मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’पुनमको पोष्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’ फिल्ममेकर रामगोपाल वर्माले आफ्नो फरक प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘तपाईले यस विषयमा ध्यानाकर्षण गराउनको लागि अपनाउनु भएको चरम तरिकाको लागि तपाई आलोचना हुन सक्छ, तर कसैले तपाईको नियतमाथि प्रश्न उठाउन सक्दैन वा तपाईले यो धोखाबाट के हासिल गर्नुभयो भनेर भन्न सक्दैन । पाठेघरको मुखको क्यान्सरको बारेमा छलफल अहिले जताततै भैरहेको छ । तिम्रो आत्मा तिमी जस्तै सुन्दर छ । तिम्रो दीर्घायु र सुखमय जीवनको कामना गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group