ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले धादिङको अधिवेशन स्थलमा झडप, एक कार्यकर्ताको हात भाँचियो


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   १२ : ४०   बजे

काठमाडौं २१ माघ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा लफडा भएको छ।  शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्।

अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।

संगठनको लेटरहेट बिना नै विज्ञप्ती जारी भएको छ। ‘तपाईंले नै जारी गरेको विज्ञप्ति हो कि किर्ते भएको होरु’ नेपालखबरको प्रश्नमा एमाले प्रदेश अध्यक्ष ढुंगेलले सो विज्ञप्ती आफैँले जारी गरेको बताए।

‘कार्यक्रममा जाँदा लेटरहेट, चलानी बोकेर हिँडिदैन। त्यसैले साझा पानामा विज्ञप्ती लेखेर हस्ताक्षर गरेको हुँ। अधिवेशन स्थल अशान्त भएपछि यसो गर्न बाध्य भएँ।’

यता, पार्टीको लेटरहेट प्रयोग नगरी सार्वजनिक गरिएको प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्ताक्षर गरेको विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गरे।

त्रिपाठीले अधिवेशन नरोकिएको जानकारी दिदैं पार्टीको लेटरहेटमा विज्ञप्ती सार्वजनिक गरेका छन्।

‘२०८० माघ १९ गते देखि जारी नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन भैरहेकोे अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ। बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउद सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु,’ जिल्ला अध्यक्ष त्रिपाठीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यता, बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेलल आफ्नो गुट स्थापित गर्न यस्तो रणनीति अपनाइएको आरोप एमाले नेताहरुले लगाएका छन्। आफ्नो गुटको हार निश्चित भएपछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनी र रमेश आचार्यको इशारामो संगठनको लेटर प्याड, छाप र चलानी बिना मनोमानि ढंगले विज्ञप्ती जारी गरेको आरो नेताहरुको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group