काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि बस्ने भएको छ । सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए ।
उनले सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।
त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।
‘बाँकी माननीयहरुले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्नुहुन्छ । अन्तिममा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि संसदीय दलको बैठक सकिन्छ’। सांसद दाहालले भने । बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्