ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुरिखेत जिप दुर्घटना : मुख्य न्यायाधीशसहित ६ घाइते, सबैको पहिचान खुल्यो


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : ४५   बजे

हेटौंडा, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएका ६ जनाकै पहिचान खुलेको छ ।

दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित उहाँका सहकर्मी तथा परिवारका सदस्य घाइते भएका हुन् ।

घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय मुख्य न्यायाधीश डाँगी, रजिष्ट्रार ५७ वर्षीय तारादत्त बडू, उहाँकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडू, छोरा २५ वर्षीय रितेन्द्र बडू र दिदी ३१ वर्षीया रिता बडू रहेका छन् ।

त्यस्तै, दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी पनि दुर्घटनामा घाइते भएका छन् ।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी–६ जुरिखेतमा सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार चालक चौधरी र रजिष्ट्रार बडूलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ । अन्य चार जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको छ ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोली पुगेको थियो ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सी चिनफिङको कडा सन्देश : ‘अदम्य लडाइँको भावना’ प्रदर्शन गर्न आह्वान

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा

New Book Details Chaotic Second Term of Donald Trump

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu