ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ११ : ०५   बजे

बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२, देवीस्थानस्थित धाराटोलमा १७ घर पहिरोको उच्च जोखिममा परेका छन्। उपल्लो बेङ्ग्री–हाडिचार–बास्खोला जोड्ने सडकअन्तर्गत हाडिचार क्षेत्रमा खसेको पहिरोले बस्तीलाई प्रत्यक्ष जोखिममा पारेको हो।

वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार पहिरोका कारण धाराटोलभन्दा तल्लो क्षेत्रमा रहेका थप ४४ घर पनि जोखिममा छन्।

उच्च जोखिमका परिवार सुरक्षित स्थानमा

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीसहित सशस्त्र प्रहरी, नेपाली सेना र प्राविधिक टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।

स्थलगत निरीक्षणपछि १७ घर उच्च जोखिममा र ४४ घर सामान्य जोखिममा रहेको पहिचान गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए।

निरन्तर वर्षा भइरहेको र बस्तीमाथिको चट्टान तथा पहरा खस्ने जोखिम बढेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।

“आपत्कालीन अवस्थालाई ध्यानमा राखेर बस्तीका सबै परिवारलाई आफन्तको घर तथा अन्य सुरक्षित स्थानमा लगिएको छ,” वडाध्यक्ष विश्वकर्माले भने।

विस्थापित परिवारका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा तथा बसोबासको व्यवस्था गरिएको छ। अवस्था थप असहज भए रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको भवनमा अस्थायी आश्रयस्थल बनाउने तयारी गरिएको छ।

बस्तीमाथि ठूलाठूला ढुंगा खस्ने खतरा

पहिरो खसेको क्षेत्रमा ठूलाठूला ढुंगा रहेकाले थप वर्षा हुँदा जोखिम अझ बढ्न सक्ने स्थानीय प्रशासनको आकलन छ।

वडाध्यक्ष विश्वकर्माका अनुसार सडकको माथिल्लो भागबाट ढुंगा र पहिरो खस्ने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन्। वर्षा थपिएमा पहिरोले बस्ती नै प्रभावित पार्न सक्ने जोखिम रहेको उनले बताए।

थप क्षति रोक्न माथिबाट खस्न सक्ने ढुंगा तथा पहिरो हटाउन स्काभेटर परिचालन गर्ने तयारी भइरहेको छ।

आठ घरमा क्षति

गत बिहीबार खसेको पहिरोले धाराटोलमा यसअघि नै ठूलो क्षति पुर्‍याएको थियो।

पहिरोका कारण धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टीका घर्तीका घर, गोठ तथा शौचालयमा क्षति पुगेको छ।

बस्तीमाथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासीमा थप क्षतिको त्रास बढेको छ।

क्षतिको विस्तृत विवरण संकलन हुँदै

प्रहरी तथा प्राविधिक टोलीले घटनास्थलको थप अध्ययन गरिरहेको छ। अध्ययनपछि घर, गोठ, सडक तथा अन्य भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण सार्वजनिक गरिने जनाइएको छ।

वडा कार्यालयले स्थानीयवासीलाई सतर्क र संयमित रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। साथै उद्धार, राहत तथा पहिरो नियन्त्रणका लागि आवश्यक स्रोत र प्राविधिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

जुरीखेत स्कारपियो दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते

सम्बन्धित

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

आज ३० जिल्लामा आकस्मिक बाढीको जोखिम, नदीमा बहाव बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu