ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको संकेत- फेरि राष्ट्रपति चुनिए चिनियाँ वस्तुमा ६० प्रतिशतसम्म कर


एबीसी न्यूज
२२ माघ २०८०, सोमबार   २ : २८   बजे

काठमाडौं, २२ माघ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपतिमा चुनिए चिनियाँ वस्तुमाथि भारी कर लगाउने संकेत गरेका छन्।

फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले आगामी नोभेम्बरको राष्ट्रपतीय चुनाव जिते चिनियाँ वस्तुमाथि उल्लेख्यमात्रामा कर लगाउने बताएका हुन्।

यस्तो कर ६० प्रतिशतसम्म हुनसक्नेछ। ‘हामीले यो गर्नैपर्छ’, उनले आइतबारको अन्तर्वार्तामा भने। ट्रम्प अहिले रिपब्लिकन पार्टीको तर्फबाट हुने राष्ट्रपतिको उम्मेदवारहरुमा अग्रपंक्तिमा छन्।

उनले लामो समयदेखि चीनले स्वच्छ व्यापारिक अभ्यास नगरेको र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै आएका छन्।

‘म साँच्चै चीनलाई चोट पुर्याउनेतर्फ सोचिरहेको छैन, चीनसँग मिलेर काम गर्न चाहन्छु, र यो ठूलो कुरा हो’, उनले भने, ‘तर उनीहरुले हाम्रो देशबाट धेरै फाइदा लिएका छन्।’

उनको अघिल्लो राष्ट्रपतीय कालमा अमेरिका र चीनको व्यापार युद्ध भएको थियो। उनी राष्ट्रपति हुँदा अर्बौँ डलरका चिनियाँ वस्तुमा कर बढाएका थिए। सोसँगै चीनले पनि अमेरिकी आयातित वस्तुमा शुल्क लगाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group