ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखरलाई कार्यकर्ताले भने- गठबन्धनले कांग्रेस विचारशून्य भइसक्यो, अब माओवादी बोक्न सकिँदैन


एबीसी न्यूज
२२ माघ २०८०, सोमबार   २ : ३९   बजे

काठमाडौं, २२ माघ । समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेता डा। शेखर कोइराला झापा पुगेका छन्। माघ दोस्रो सातादेखि आगामी २६ गतेसम्म पहिलो चरणमा चल्ने यो अभियान लिएर पुगेका कोइरालालाई कार्यकर्ताले घेरेका छन्।

झापाको विभिन्न तहका कार्यकर्ताहरूले कोइरालासँग गुनासाका अनेक पोका फुकाउँदै पार्टीमा विचार मर्दै गएको बताएका छन्।

 

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांश कार्यकर्ताले गठबन्धनका कारण कांग्रेसको मौलिक सिद्धान्त र विचार हराएको गुनासो गरे।

उनीहरूले नेतृत्वमा नैतिकताको खडेरी परेको र पार्टी विचार शून्य भएको भन्दै अब माओवादी केन्द्रलाई बोकेर हिँड्न नसकिने चेतावनी पनि कोइरालालाई दिए।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्नेरु कांग्रेसका साथीहरूलाई काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउनेरु’, कोइरालालाई एकजना महिला कार्यकर्ताले आक्रोशित मुद्रामा घेर्दै सोधिन्।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहिरहँदा पार्टीका गतिविधि चुस्त नभएको पनि गुनसो सुनाए।

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासा पनि शेखरसमक्ष उनीहरूले राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group