काठमाडौं, २२ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई नराम्रोसँग हराएको छ। गएराति भएको प्रतिस्पर्धामा युनाइटेडले वेस्टह्यामलाई ३–० गोलअन्तरले जितेको हो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल र रासमस होजलन्डले एक गोल गरे।
जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ३८ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ।
पराजित वेस्टह्याम ३६ अंकसहित सातौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्