ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाईजोको लागि के सम्म ?


admin
४ फाल्गुन २०७४, शुक्रबार   ८ : २६   बजे


काठमाडौं, ४ फागुन । दाईजो लिनु र दिनु दुवै गैरकानुनी मानिन्छ । दाईजोको निहुँमा महिलाहरु पुरुषबाट शोषणमा परेकोे समाचारहरु पटक पटक सुनिदै आएको छ । तर भारतमा भएको एउटा घटनामा भने दाईजोको निहुँमा महिला महिलाकै शोषणमा परेको खुलासा भएको छ । पुरुषको नक्कली रुप धारण गरेर दाईजोको लागि दुई महिलालाई विवाह गरेको आरोपमा भारतीय प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

कृष्णा सेन नाम गरेकी ती महिलालाई प्रहरीले बुधवार भारतको उत्तराखण्ड राज्यबाट दाइजो मागेको आरोपमा पक्राउ गरिएको छ ।

कसरी प्रक्राउ परिन् ?

कृष्ण सेन नाम गरेकी ती महिलाले पुरुषको भेष धारण गरेर दुई महिलासंग विवाह गरेकी थिईन् ।सन् २०१४ मा पहिलो विवाह गरेदेखि २६ वर्षीया सेन पुरुषको भेषमा घुम्ने गरेकी थिईन् । सेन आफ्नी पहिली श्रीमतीसँग विवाहलगत्तै छुट्टिएको र उनले अर्की महिलासँग गत वर्ष अप्रिलमा विवाह गरेको बताइएको छ। तर भूतपूर्व ससुराली पक्षले सेनले दाइजोका लागि आफ्नी छोरीलाई उत्पीडन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको थियो।

उनीहरूले सेनले व्यापार गर्न भनी भारु आठ लाख ५० हजार सापट लिएको तर फिर्ता नगरेको आरोप पनि लगाएका छन्। सोही उजुरीको आधारमा सेनलाई पक्राउ गरिएको हो ।

सोधपुछका क्रममा मात्रै उनी महिला भएको पत्ता लागेको प्रहरीले बताएको छ । पहिला कृष्णाले भनेका कुरा हामीले बुझ्नै सकेनौँ, वरिष्ठ प्रहरी अधिकृत जनमेजय खान्डुरीले भने। प्रहरीले स्वास्थ्य परीक्षण गराएपछि मात्र उनी महिला रहेको पत्ता लाग्यो।

सेनका क्रियाकलापहरु पुरुषको जस्तै हुने भएकोले उनीमाथि कसैले शंका नगरेको प्रहरीको भनाई छ । ‘उनका साथीहरू प्रायः पुरुष हुने गर्थे र उनी पुरुषकै शौचालय प्रयोग गर्ने गर्थिन् एवम् फरक शैलीमा बोल्ने गर्थिन्। कतै केही शङ्का नहोस् भनेर उनी पुरुष साथीहरूसँगै धूमपान र मदिरापान गर्ने र मोटरसाइकल चलाउने गर्थिन्। पुरुषको जस्तै केश, लुगा र व्यवहारले कृष्णा पुरुष जीवन नै व्यतित गर्ने गर्थिन्। त्यसैले कसैले कृष्णालाई शङ्का गरेनन्’ , एक प्रहरी अधिकृतले भने।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu