ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   १२ : ५१   बजे

काठमाडौ २४ माघ । चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।आफूहरु चीन जान नपाउने अवस्था कायमै रहेको र यसबाट नेपाली व्यवसायीको अर्बौँ रुपैयाँको सामान जोखिममा परेको उनीहरुको भनाइ छ । व्यवसायीहरुले नाकामा सहज नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा बनेको गुनासो गरेका छन् ।नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले केरुङ र तातोपानी नाकामा व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ । अहिले सम्बन्धित जिल्लाका व्यवसायी मात्रै नाकापारि जान सक्ने अवस्था छ ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई वटा नाका केरुङ र तातोपानी नाकामा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताए । उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायी आफैँ जान नपाउँदा समस्यामा परेको बताए ।चीनबाट आयात हुने सामान नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायी नाका पारि जान नपाउने अवस्था विद्यमान रहेको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले सामान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय साधन लैजानुपर्ने एकाधिकार हटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण समेत गराएको बताए । महासङ्घले व्यवसायीलाई सहज रुपमा व्यापाररव्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको महासङ्घले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष लक्ष्मी खड्काले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताए ।नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि चीनसँग जोडिएको केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारि जान पाउने व्यवस्थाले समस्यामा पारेको बताए। व्यवसायीले नाकामा भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group