काठमाडौ २४ माघ । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको ५८५ औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । लम्सालले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व भने सम्हालि सक्नुभएको छ ।
बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामा पछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको थियो ।
यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व गर्नुभएको छ । १५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालस“ग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव रहेको छ ।यस बीचमा लम्सालले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर समेत काम गर्नुभएको छ । नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको पूर्णपालना गर्दै ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्