ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द उद्योग खुलाउन संसदीय समितिको चासो


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   २ : ०६   बजे

काठमार्डौ, २४ माघ ।    नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ ।

उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको धारणा तथा उद्योग खोल्न आइपर्ने चुनौतीका विषयमा समितिका सभापति भोजराज अर्याल नेतृत्वको टोलीले चासो देखाएको हो । मङ्गलबार उद्योगको अनुगमन गर्दै सभापति अर्यालले राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको भृकुटी कागज कारखाना बन्द हुनुका कारण, स्थानीयको अपेक्षा, पुनःसञ्चालन गर्नसक्ने अवस्थाबारे स्थानीयसँग छलफल गरेको बताउनुभयो ।

देशकै ठूलो उद्योग निजीकरणमा गएर बन्द भएपछि यसले नागरिकमा नकारात्मक असर परेकाले यसबारे बुझ्ने र उद्योगको वर्तमान अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराउने आफूहरूको उद्देश्य रहेको अर्यालको भनाइ छ ।

“लामो समयदेखि सञ्चालनमा आएका ठूला उद्योग मुलुकमा प्रजातन्त्रको पुनःस्थापनापछि निजीकरणका नाममा सरकारले बेच्यो भनेर नागरिकस्तरमा प्रचार भएका छन्”, उहाँले भन्नुभयो, “खासमा के भएको रहेछ, यहाँका समस्या के हुन् बुझेर सरकारलाई सुझाव दिँदै बन्द उद्योग खुलाउनका लागि पहल गर्न हाम्रो अनुगमन हो ।”

ठूला उद्योग सञ्चालनमा आएको अवस्थामा सरकारलाई आम्दानी हुनुका साथै नागरिकका आवश्यकता पनि परिपूर्ति हुने उहाँको भनाइ छ । गण्डकी प्रदेशभित्रका बन्द उद्योगले समग्र देशकै आवश्यकता परिपूर्ति गर्न नसके पनि गण्डकी प्रदेशको आवश्यकता परिपूर्ति गर्न सकेको खण्डमा आयतमा कटौती हुँदै राजस्वमा वृद्धि हुने अर्यालले बताउनुभयो ।

“हाम्रो अनुगमनका क्रममा उद्योगका कर्मचारी, व्यवस्थापन पक्ष र स्थानीयबाट आएका सकारात्मक पक्षबारे सरकारलाई ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो, “बन्द उद्योगलाई यस ठाउँबाट हटाउनुभन्दा पनि यी उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।” बन्द उद्योग सरकारले मात्रै पुनःसञ्चालन गर्न चाहेर नहुने भन्दै उहाँले स्थानीयले चाहेनन् भने बलजफ्ती गरेर उद्योग खोल्न नसकिने बताउनुभयो ।

अनुगमनका क्रममा समिति सदस्य एवं नवलपुरका प्रदेशसभा सदस्य पद्मा जिसीले बन्द रहेको भृकुटी कागज कारखाना जीर्ण अवस्थामा रहेकाले यहाँको वस्तुस्थितिबारे बुझ्न र सरकारलाई यथार्थ जानकारी गराउन आफूहरू स्थलगत अवलोकनमा आएको बताउनुभयो । “उद्योग चल्दा यहाँको अवस्था सुन्दर थियो, तर अहिले बन्द कारखानाले यहाँको सौन्दर्यतालाई नै नराम्रो बनाएको छ”, उहाँले भन्नुभयो ।

बजारको बीचमा रहेको उद्योग पुनः सञ्चालन गर्ने अवस्थाबारे अध्ययन तथा यहाँ कार्यरत मजदुरको पारिश्रमिकका विषयमा समेत जानकारी लिएको उहाँले बताउनुभयो । “उद्योग सञ्चालन गर्नुपर्नेबारे हामीले सदनमा कुरा उठाएका थियौँ, तर ती कुरा सतही थियो, स्थलगत अनुगमनपछि यसबारे हामीलाई थप जानकारी मिलेको छ”, उहाँले भन्नुभयो, “यहाँको अवस्था हेर्दा दर्दनाक नै छ, राज्यको यत्रो सम्पत्ति खण्डहर भएर बसेको देख्दा दुःख लागेको छ ।”

भृकुटी कागज कारखाना व्यवस्थापनका विषयमा प्रदेश सरकारले सङ्घीय सरकारसँग कुरा लिएर जानुपर्ने उहाँले बताउनुभयो । विसं २०४३ बाट सञ्चालनमा आएको उद्योग २०४९ सालमा निजीकरण गरिएको थियो । निजीकरण गरिएको करिब १८ वर्षसम्म नियमित सञ्चालनमा आएको उद्योग २०६९ सालमा औपचारिकरूपमा बन्द गरिएको थियो । उद्योग बन्द भएपछि यहाँ कार्यरत मजदुरको करिब रु ३३ करोड पारिश्रमिक उद्योगले भुक्तानी गर्न बाँकी छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group