ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा आज आम निर्वाचन, मतदान जारी रहँदा मोबाइल सेवा बन्द


abc tv
२५ माघ २०८०, बिहिबार   १२ : ३६   बजे

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।

सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ । सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।

पाकिस्तानमा आज ३३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १६९ सिट जित्नु आवश्यक छ ।

दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो । हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा बन्द छन् । उनलाई १४ वर्षको जेल सजायँ सुनाइएको छ । उनी नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ ९(पीटीआई० लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । त्यसैले पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

तीनपटकसम्म प्रधानमन्त्री बनिसकेका नवाज शरीफ पनि चुनावी प्रतिस्पर्धामा छन् । उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज ९पीएमएल(एन०ले चुनाव जितेर नयाँ सरकार बनाउने अनुमान गरिएको हो ।

यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu