ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा उद्योग वाणिज्य सङ्घले महोत्सव सन्चालन गर्ने


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   १ : ३०   बजे

रुकुम पश्चिम, २५ माघ  । रुकुम उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्ने भएको छ ।बुधबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलन गरि महोत्सब आयोजना गर्ने जानकारी दिएको हो। आगामी फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आयोजना गर्न लागिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिए । महोत्सवको सह आयोजकमा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रहेको रुकुम पश्चिम रहेको छ ।

महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको अध्यक्ष खड्काले बताए । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीहरूको आयोजना गरी व्यवसायीकरण तर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावना सम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदुर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारहरूको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैङ्कको स्थापना गर्ने लक्ष राखिएको छ । यसका साथै महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकास सम्बन्धी गतिविधिहरू गर्ने र महोत्सवको आम्दानीबाट अक्षय कोष स्थापना गरी त्यसबाट सेवा गर्ने लक्ष समेत राखिएको खड्काको भनाई छ । जिल्लाको अर्ग्यानिक उत्पादनलाई जोड दिइने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादन समेत राखिने बताइएको छ ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल रहने छन् भने जिल्लाका अर्ग्यानिक उत्पादनहरू ढिँडो, सिस्नो, कोदोको रोटी, स्थानीय जातका कुखुरा, कालिजको मासु, स्थानीय आलु, दाल, तरकारी पनि पाइने रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताए । उनका अनुसार स्थानीय झाँकीहरू समेत महोत्सवमा रहने छन् । सबैको सहकार्यबाट महोत्सव सफल पार्ने र यसमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरे। जिल्लाको माटो सुहाउँदो कलाकार ल्याइने महोत्सवमा स्थानीय कलाकार सहित जिल्लाको माटो सुहाउँदो कलाकारहरूलाई बोलाइने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । जिल्लाका सबै कलाकारलाई महोत्सवमा अवसर दिइने र अन्य कलाकारको सम्बन्धमा दर्शकको माग र जिल्लालाई सुहाउँदा कलाकारलाई बोलाइने उनको भनाई छ । को को कलाकार आउने भन्ने बारेमा भने केही दिनमा जानकारी गराइने उनले बताए । खुला ब्याडमिन्टन पनि हुने यसैबिच महोत्सवमा ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको रुकुम उद्योग वाणिज्य सङ्घले जानकारी गराएको छ । यस बारेमा थप जानकारी भने केही दिनमा गराइने पत्रकार सम्मेलनमा बताइएको छ । मोटिभेसनल गतिविधि हुने महोत्सवमा नाच गान, रमाइलो, व्यापार, खेलकुदका साथै मोटिभेसनल गतिविधिहरू पनि सञ्चालन हुने आयोजकले बताएको छ । राष्ट्रिय तथा स्थानीय स्तरमा खातीप्राप्त राजनीतिक व्यक्तिहरू, बुद्धिजीवी, पत्रकार, प्रोफेसर, व्यापारी, उद्योगपति, जनप्रतिनिधि, वैज्ञानिक, वातावरणविद् लगायतको उपस्थितिमा सम्मेलन तथा गोष्ठीको आयोजना गरिने रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group