ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमोचन गर्न तयार पुस्तक खोसियो पत्रकार महासंघविरुद्ध कार्यक्रमस्थलमै खनिए पत्रकारहरू


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ३ : ३४   बजे

काठमाडौ २८ माघ ।  इतिहास लत्याइएको भन्दै नेपाल पत्रकार महासंघको कार्यक्रमस्थलमै पत्रकाहरू खनिएका छन्। नेपाल आदिवासी पत्रकार संघ फोनिज० को नेतृत्वमा नेपाल पर्यटन बोर्डको सभा हलमा पुगेका दर्जनौँ पत्रकारहरू महासंघविरुद्ध खनिएका हुन्।

फोनिजसम्बद्ध पत्रकारहरूले महासंघको प्रतिष्ठान प्रदेश समितिले प्रकाशित गरेको ुअग्र अनुहार स् कथा अग्रजको, गाथा महासंघको पुस्तकविरुद्ध पत्रकारहरू आन्दोलित भएका हुन्।

फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर विमोचन गर्न लागिएको पत्रकार महासंघको उक्त पुस्तक कार्यक्रमस्थलबाट खोसिएको बताए।

उनले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको बताउँदै यदि उनलाई वर्तमान नेतृत्वले नस्वीकार्ने हो भने देशभर आन्दोलनको चेतावनी दिए।

‘इतिहास लत्याउँदै पुस्तक निकालियो। इतिहास सच्याउँदै जाने हो। सत्यनारायणबहादुर श्रेष्ठको विषय पत्रकार महासंघले टुंगो लगाउनुपर्छ, उहाँ महासंघको संस्थापक हो’, उनले भने, ‘कुनै व्यक्ति वा समूहको आधारमा हामी विरोधमा उत्रिएको होइन। कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट पार्न खोजिए यो पुस्तक जलाउँछौँ।’

फोनिज नेतृत्वका पत्रकारको टोलीले सत्यनारयणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्, हाम्रो आन्दोलन जारी छ र पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ जस्ता नारा लगाएका थिए।

लिम्बुले महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकोमा कृष्णप्रसाद भट्टराईलाई बनाइएको भन्दै त्यसलाई नसच्याए कडा प्रतिरोध गरिने पनि बताए।

उक्त पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे विमोचनका कार्यक्रममै गएनन्। उक्त पुस्तकको विरोध भएपछि सचिवालयले सभामुख घिमिरेलाई कार्यक्रममा जानबाट रोकेको हो।

महासंघले निकालेको पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि हालसम्मका अध्यक्षको इतिबृत्तान्त समावेश गरिएको छ। तर संस्थापक अध्यक्ष भनिएका सत्यन्द्रबहादुर श्रेष्ठबारे केही उल्लेख नगरिएको पुस्तक जलाउने चेतावनी पत्रकारहरूले दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group