ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार झन् बढ्यो- प्रदेश प्रमुख जोशी


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ३ : ५२   बजे
काठमाडौ २८ माघ ।    महेन्द्रनगर कञ्चनपुर २८ माघ  स् सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन  बढ्दै गएकामा  चिन्ता व्यक्त गर्नुभएको छ ।
महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उहाँले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताउनुभयो ।
“वर्तमान अवस्था ठिक भए पनि भविष्यका लागि सुनिश्चित गरौँ भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ ।” प्रदेश प्रमुख जोशीले भन्नुभयो “यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।”
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताउनुभयो ।
“भ्रष्टाचार र शुसासनका निम्ती कसैसित कुनैखाले सम्झौता हुँदैन, ” उहाँले भन्नुभयो “त्यसका लागि प्रदेश सरकार तपाईहरुसितै छ ।मुलुकको शुसासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्छ । “भ्रष्टचार र शुसासनका सन्र्दभमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् ।” मुख्यमन्त्री शाहले जोड दिनुभयो, “मुलुकको सम्मृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रुपमा छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu