ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बिजनेस नदिँदा दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेन


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ३ : ५६   बजे
काठमाडौ २८ माघ ।     मधेस प्रदेशसभा बैठक पछिल्लो दुई महिनादेखि बस्न सकेको छैन । पछिल्लो पटक गत मङ्सिर २० गते दोस्रो अधिवेशनको एघाराँ बैठक बसेर स्थगित गरिएको थियो । त्यसपछि अहिलेसम्म बैठक बस्न सकेको छैन् । गत २०७९पुस १५  मा प्रदेशसभाको दोस्रो कार्यकालका लागि चुनिएका प्रदेश सांसदले शपथ लिएयता पहिलो अधिवेशनको ३६ वटा र दोस्रो अधिवेशनको ११ गरी  ४७ वटा मात्र बैठक बसेको छ ।
सभामुख रामचन्द्र मण्डलले सरकारले बिजनेस नदिँदा प्रदेशसभा बैठक बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बिजनेस नै दिन नसक्दा प्रदेशसभा बैठक बस्न सकेको छैन । अब प्रदेशसभाको समितिमै छलफलमा रहेको विधेयकमाथि विचार विमर्श गरेर  छलफल गराउन प्रदेशसभा बैठक आह्वान गर्छौंँ ।”
प्रदेशसभाको दोस्रो कार्यकालमा आर्थिक र विनियोजन विधेयक बाहेक  नौ वटा विधेयक पेश गरिएकामा मधेश प्रदेशको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८०, र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्र पारित भएको छ  ।
प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बाल अधिकार ऐन २०७९ को पहिलो संशोधन, मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संसदीय समितिमा छलफलको क्रममा रहेको सभामुख मण्डलले बताउनुभयो ।
संसदीय समितिले ढिलोगरी पूर्णता पाएका कारण पनि विधेयक छलफल भएर पास हुन नसकेको उहाँको भनाई थियो । गत कात्तिक १४ मा मात्रै मधेश प्रदेशसभाको सातवटै संसदीय समितिको सभापति चयनले पूर्णता पाएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रदेशसभा सञ्चालनका लागि सरकारलाई बिजनेस दिन दबाब दिइएको उल्लेख गर्नुभयो । यता मुख्यमन्त्री सरोज यादवलाई जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ । मधेश सरकारका प्रवक्ता रहनुभएका  गृह सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले बिजनेसका लागि प्रदेशसभामा विभिन्न विधेयक बाँकी नै रहेको बताउँदै उहाँले अब मुख्यमन्त्रीले विश्वासको मत लिएपछि निरन्तर प्रदेशसभा बैठक चल्ने उल्लेख गर्नुभयो ।
‘प्रदेशसभामा विधेयक बाँकी छ । टेबुल भएकै छ,’ मन्त्री समिमले भन्नुभयो, “केही विधेयक प्रदेश सभामा पेस गर्न तयार पारेर पनि राखिएको छ ।” गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।
अब बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिमा छलफलको क्रममा रहेको विधेयक पास हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group