काठमाडौं,५ फागुन । सैनिक मुख्यालयले अव राष्ट्रपतिको प्रमुख सुरक्षा अधिकृतका रुपमा नेपाली सेनाको उपरथी (मेजर जनरल) तहका अधिकारीलाई खटाउने तयारी गरेको छ ।
हाल राष्ट्रपतिको सुरक्षाका लागि नेपाली सेनाका सहायकरथी (ब्रिगेडियर जनरल) तहका सैनिक अधिकारी रहने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल व्यवस्था गरिए भन्दा उच्च तहको सैनिक अधिकारीको व्यवस्था गरिदिन आग्रह गरेपछि जंगी अड्डाले यस्तो तयारी गरेको हो ।
‘उपरथी तहका सैनिक अधिकारीलाई खटाउने सम्बन्धमा लेखापढी सुरु भइसकेको छ’ स्रोतले भन्यो, ‘राष्ट्रपति भण्डारीकै आग्रहमा यस्तो तयारी गरिएको हो ।’ उपरथी कार्की हाल प्रदेश–५ हेर्ने बुटवलस्थित नेपाली सेनाको पृतनामा प्रमुख छन्। पृतनापति हुनुअघि उनी राष्ट्रपति भण्डारीको सुरक्षामा नै थिए ।
राष्ट्रपति भण्डारीको सुरक्षामा हालसम्म सहायकरथी कुबेर थापा रहेका छन् । थापाको ठाउँमा अब उपरथी राजेन्द्र कार्कीलाई पठाउने तयारी भएको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्