काठमाडौं १ फागुन । चिनियाँ नयाँ वर्ष लुनार न्यु इयर०को बिदा मनाउन हङकङमा तीन दिनमा पाँच लाख ४३ हजार पर्यटक भित्रिएका छन् भने १।१ मिलियन बासिन्दाले सहर छोडेका छन्।
हङकङ अध्यागमन विभागले मंगलबार जारी गरेको तथ्यांकमा शनिबारदेखि सोमबारको बीच पाँच लाख ४३ हजार सात सय २२ पर्यटक हङकङ भित्रिएको उल्लेख छ। जसमा ८७ प्रतिशत मुख्यभूमि चीनका यात्रु थिए।
तथ्यांकले सोही अवधिमा १।१ मिलियन मानिस बाहिरिएको पनि देखाएको छ।
तथ्यांकअनुसार दैनिक औसत तीन लाख ५५ हजार बासिन्दाले बिदा मनाउन सहर छोडेका छन्।
प्रतिक्रिया दिनुहोस्