ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु


एबीसी न्यूज
५ फाल्गुन २०७४, शनिबार   १ : ५७   बजे

भक्तपुर, ५ फागुन ।  प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताउनुभयो ।

गरी खाने शिक्षा नै प्राविधिक शिक्षा भएकाले अब प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालयले बजारमा बिक्न सक्ने गरी युवा तथा विद्यार्थीलाई तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै पाठ्यक्रम विकास केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय पाठ्यक्रम, उत्पादित जनशक्ति, देशमै खपत हुने गरी पाठ्यक्रम निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँले अहिले उत्पादन भइरहेका जनशक्ति विदेश पलायन भइरहेका तर देशमा भने काम गर्ने युवाको अभाव हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको छ भन्नुभयो ।

भेलामा संघीय तथा स्थानीय तहमा प्राविधिक शिक्षाको स्थान, कक्षा थप, व्यावहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालीम प्राप्त उपलब्धिको स्थायित्व, विद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल गरिनाका साथै प्रदेश र जिल्लास्तरमा समेत सञ्जाल निर्माणबारे विस्तृत बहस हुने सञ्जालका केन्द्रीय अध्यक्ष एवं पद्म उमाविका प्राचार्य राम हाडाले बताउनुभयो ।

सञ्जालका अध्यक्ष हाडाले भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने सय विद्यालयका प्राचार्य वा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
सञ्जालका सचिव ध्रुव गिरीले भेलाका क्रममा प्रदेश नं १ देखि ७ सम्मका बिद्यालयको समूहगत समस्या तथा सुझाव संकलन गरी निर्णय अभिलेखीकरण गरिने बताउनुभयो ।

सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको आधार मान्दै छनोटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्लनमा ल्याएको थियो । हाल देशभरका २८४ द्यिालयमा प्राविधिक, शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ भइरहेको सञ्जालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Venezuela Navigates US Pressure Through Negotiation After Alleged Kidnapping

Australian Councils Impose Nighttime Cat Curfews to Protect Native Wildlife

Colombia Shifts Focus to Recovery After Deadly Earthquake

Ukrainian MP Accuses Mobilization Centers of Operating Like Organized Crime

Belgium Battles Largest Wildfire On Record As Flames Approach German Border

South Africa Calls For Boycott Of Elon Musk Over Ideological Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu