ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई


एबीसी न्यूज
५ फाल्गुन २०७४, शनिबार   २ : ००   बजे

 चितवन, ५ फागुन ।  बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो ।

यसअघि कहिल्यै पनि गोही छाड्दा बोटे, मुसहर, माझीलाई समुदाय सहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो । तर शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रबिन्दुमा राखेर चिह्न लगाई २४ वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरले समेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए । विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाई संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिनुभयो ।

जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो । विश्वमै अति–संकटासन्न अवस्थामा पुगेको छ घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ । केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामा मात्र सीमित हुन पुगेको छ । अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिए पनि नदीमा गोही नगण्य छन् । निकुञ्जमा गोही प्रजनन केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो । नदीमा गोहीको संख्या घट्दो क्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

एक हजारभन्दा बढी गोही नदीमा छाडिए पनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १९८ गणना गरिएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिए पनि करिब १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । पछिल्लो पटक बर्दियामा समेत गोही प्रजनन हुन थालेको छ । प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्ने लगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ । यस पटक छाडिएका गोही करिब ६ देखि ७ वर्षको छ । यसअघि फागुन २ गते पनि उक्त नदीमा २४ वटा गोही छाडिएको थियो ।

गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो ।

निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाई समेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई समुदायसँगको सहकार्यमा विगतदेखि नै संरक्षण कार्यक्रम अघि बढाइँदै आइएको सन्दर्भमा अहिले बोटे, माझी, मुसहरलाई सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने बताउनुहुन्छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५९५ गोही रहेका छन् । यो वर्ष करिब १०० गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Venezuela Navigates US Pressure Through Negotiation After Alleged Kidnapping

Australian Councils Impose Nighttime Cat Curfews to Protect Native Wildlife

Colombia Shifts Focus to Recovery After Deadly Earthquake

Ukrainian MP Accuses Mobilization Centers of Operating Like Organized Crime

Belgium Battles Largest Wildfire On Record As Flames Approach German Border

South Africa Calls For Boycott Of Elon Musk Over Ideological Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu